सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

राजधानी फर्किए साँसद भट्ट

महेन्द्रनगर । गृह जिल्लामा कार्यक्रममा व्यस्त नेकपाका साँसद डा. दिपक प्रकाश भट्ट काठमाडौं फर्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सोमबार साँसद भट्ट काठमाडौं फर्किएका हुन् ।

Sana Kishan

दशैं तिहारमा गृह जिल्ला आएका साँसद भट्ट आफ्नो निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा व्यस्त थिए । जनतासंग जनप्रतिनिधि कार्यक्रम लिएर उनी निर्वाचनका क्षेत्रमा जनताको घरदैलोमा पुगेका थिए ।

प्रधानमन्त्री ओलीले आइतबार अनपेक्षित राजनीतिक कदम लिएपछि उनी काठमाडौं फर्किएका हुन् । शुक्रबार मात्रै साँसद भट्टले पत्रकारहरुसंग सुख्खा बन्दरगाह निर्माण तयारी सम्बन्धी छलफल गरेका थिए ।

यसैगरी संसद विघटनपछि नेकपाका साँसद निरुदेबी पाल पनि काठमाडौं फर्किएकी छन् । उनी केही दिन अघि मात्रै गृह जिल्ला आएकी हुन् ।bikalpadanik बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.