सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

मुलुक निर्माणका हरेक पाइलामा अवरोध गरेपछि ताजा जनादेश लिने निर्णय गरेँ : प्रधानमन्त्री

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
पुस ६, २०७७
1 मिनेट पाठ
काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको उन्नतिका लागि गरेका हरेक काममा अवरोधका कारण पार्टीको भविष्य जोगाउने अरु कुनै बिकल्प नभएपछि भारी मनका साथ आफूले ताजा जनादेश लिने निर्णय गरेको वताउनु भएको छ ।

 

कन्फटेबल सरकार बनाउने विषयमा अभिव्यक्ति दिएको बिरोधमा ओली निकट विद्यार्थीद्वारा बिरोध प्रर्दशन !!

फाल्गुन १६, २०७७
9

कञ्चनपुरको वेदकोट नगरपालिकाको आठौ नगर सभा शनिवार सभा सम्पन्न

फाल्गुन १६, २०७७
8

बिघटित प्रतिनिधिसभाका सदस्यहरुको आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीका एकथरी नेताले पार्टीलाई जनताले सुम्पेको जनादेश बिर्सेर सधैं सरकारका काममा अवरोध मात्रै गरेको वताउनु भएको हो ।

उहाँले विचार, संगठन र गन्तब्यमा स्पष्ट विशाल पार्टी बनाउने उद्देश्य सफल पार्न आफू सक्रिय रहेको तर अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल लगायतका नेताहरु सरकारका मुलुकको काममा अवरोध गरी बिग्रहतिरको बाटोमा अग्रसर भएको वताउनु भयो ।


‘हामी एकता एकीकरणका काम टुङ्ग्याएर सहमतिका साथ एकताको महाधिवेशन गर्ने, विचार, संगठन र गन्तब्यमा स्पष्ट पार्टी बनाउन सक्रिय थियौं । तर, उहाँहरु एकतामा भावनात्मक सम्मानका लागि गरिएको ब्यवस्थालाई दुरुपयोग गरेर पछाडी फर्कनै नसक्नेगरी समीकरणका आधारमा पार्टीलाई चिरा पार्ने र बिग्रह, बेमेलको वतावरण निर्माण गर्न अग्रसर हुनु भयो’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘संसद् बिघटन मेरो निजी रोजाई होइन, पार्टीको आन्दोलन र भविष्य जोगाउन अरु कुनै बिकल्प नभएपछि भारी मनका साथ ताजा जनादेशका लागि जनतामा जाने निर्णय गर्नु प¥यो ।’

जनताले दिएको विश्वास पूरा गर्न अवरोध गरेपछि त्यस अवरोधलाई पनि जनतासमक्ष नै प्रस्तुत गर्न ताजा जनादेशको निर्णयमा पुग्नु परेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जनताको मतबाट निर्णय लिने कदमलाई निरंकुश भनी कृतिम न्यारेटिभ खडा गर्ने प्रयास भएको पनि वताउनु भयो ।

‘अप्ठेरोमा जनतासमक्ष जानुलाई निरंकुश कदम भन्ने न्यारेटिभ चलाइएको छ, त्यो गलत छ’ प्रधानमन्त्री ओलीले भन्नु भयो, ‘जनताले जुन आदेश दिएर पठाएका थिए, त्यसलाई पूरा गर्न अवरोध खडा गरेपछि जनतामा जानु उच्च लोकतान्त्रिक कदम हो ।’


उहाँले सरकार गठन भएको केही समयदेखि नै मुलुकलाई समृद्ध बनाउने र जनतालाई सुखी बनाउने हरेक कदममा ब्यक्तिगत स्वार्थ तेस्र्याएर पाइला छेक्ने प्रयास भएको वताउनु भयो ।

‘एकतापछि पार्टीको सचिवालयका ७५ वटा सचिवालय बैठक भए, कुनै बैठकमा पनि देश,जनतासँग सम्बन्धित विषयमा छलफल गर्न उहाँहरु कहिल्यै राजी हुनु भएन, मेरा मान्छेलाई खोई, मलाई खोई, उधारो होइन हाताहाती चाहिन्छ भन्ने उहाँहरुको स्वार्थपूर्तिले घेरिनु प¥यो’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जस्तोसुकै दुश्प्रचारको सहारा लिए पनि जनताले यो कुरा बुझेका छन् ।’

प्रधानमन्त्री ओलीले लामो समयदेखि लथालिङ्ग रहेको मुलुकको अवस्था सुधार्न गरिएका कामहरुलाई ओझेलल पार्न तिनै बेथितिका झिल्काहरु टिपेर मुलुक बर्बाद भएको भन्दै दुश्प्रचार भइरहेको वताउनु भयो ।

‘साढे दुई वर्षमा यतिधेरै अवरोधका बीच पनि विकास र समृद्धिका सुस्पष्ट योजनासाथ अघि बढ्यौं र यसमा सफलता पनि पाएका छौं । वर्षाैदेखि पछौटे रहेको देश एकै पटक बनिसकेको हुँदैन, त्यही क्रममा बेथितिका झिल्का देखाएर केही नगरेको भन्ने प्रचारबाजी भए ।’ प्रधानमन्त्रीले भन्नुभयो, ‘सरकारले के गरिरहेको छ र त्यसलाई बदनाम गर्न के प्रचार भइरहेको छ जनताले बुझेका छन् ।’


प्रधानमन्त्री ओलीले बिघटित प्रतिनिधिसभाका सदस्यहरुलाई निर्वाचन क्षेत्रमा केन्द्रि रहेर चुनावी तयारी गर्न निर्देशन दिनु भयो । ‘तपाईंहरु अब निर्वाचन क्षेत्र जानुहोस्, हामीले गरेका अभूतपूर्व कामहरुलाई रोक्न भएका षडयन्त्रबारे जनतालाई बुझाउनुहोस्’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कसले काम ग¥यो, कसले काम गर्न अवरोध गरेर षडयन्त्र तिकडम मात्र ग¥यो, जनतालाई बुझाउनु पर्छ ।’

छलफलमा मन्त्रीहरुका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले धारणा राख्नुभएको थियो । भेलामा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, पार्टी महासचिवसमेत रहनु भएका अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री लेखराज भट्टलगायत सहभागी हुनुहुन्थ्यो ।
भेलामा सचिवालय सदस्यसमेत रहनुभएका गृहमन्त्री रामबहादुर थापा भने सहभागी हुनुभएको थिएन onlineradionepal बाट

 

सिफारिस

मुख्य समाचार

कन्फटेबल सरकार बनाउने विषयमा अभिव्यक्ति दिएको बिरोधमा ओली निकट विद्यार्थीद्वारा बिरोध प्रर्दशन !!

फाल्गुन १६, २०७७
9
मुख्य समाचार

कञ्चनपुरको वेदकोट नगरपालिकाको आठौ नगर सभा शनिवार सभा सम्पन्न

फाल्गुन १६, २०७७
8
मुख्य समाचार

वदकोटमा कृषि सहकारीलाई जग्गा दान गर्ने विष्ट दम्पती सम्मानित

फाल्गुन १६, २०७७
11
Nepal skipper Paras Khadka and team members acknowledging fans after beating the UAE in the third One Day International match at the ICC Academy grounds, in Dubai, on Monday, January 28, 2019. Photo courtesy: CricketingNepal
मुख्य समाचार

नेपालले खेल्ने विश्वकप छनोटका सबै खेल प्रत्यक्ष प्रसारण हुने

फाल्गुन १६, २०७७
9
मुख्य समाचार

५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

फाल्गुन १६, २०७७
15
मुख्य समाचार

गोसाईंकुण्ड (स्वर्गको एक टुक्रा)मा हिउँका ढिक्कासँगै खेल्दाको त्यो क्षण…!!

फाल्गुन १६, २०७७
8
अर्को

सरकारलाई चारैतिरबाट घेराबन्दीमा पारिएपछि प्रतिनिधिसभा विघटन : प्रधानमन्त्री

टिक-टक बनाउने क्रममा झोलुङ्गे पुलबाट लडेर गम्भीर घा`इते भएका युवककाे मृ` त्यु

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

कसरी खानालाइ पकाउँदा पोषक तत्व नष्ट हुँदैन ?

फाल्गुन १६, २०७७

दैनिक भान्सामा प्रयोग हुने बेसारका छ्न् यस्ता अद्भूत फाइदाहरु !!

फाल्गुन १६, २०७७

बैतडीको सुर्नया गाउँपालिकामा मृत चितुवा फेला !!

फाल्गुन १६, २०७७

कन्फटेबल सरकार बनाउने विषयमा अभिव्यक्ति दिएको बिरोधमा ओली निकट विद्यार्थीद्वारा बिरोध प्रर्दशन !!

फाल्गुन १६, २०७७

मानिसलाई धन लाभ हुने २१ वटा संकेतहरु !!

फाल्गुन १६, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In