सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ओली पक्षको भेला बालुवाटारमा सुरू, प्रचण्डपक्ष बानेश्वरमा

काठमाडौं: बालुवाटारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीपक्षीय नेताहरूको भेला सुरु भएको छ।

भेलामा ओलीपक्षीय विघटित प्रतिनिधिसभाका सांसदको उपस्थिति छ। अहिलेसम्म पूर्वमाओवादीबाट लेखराज भट्ट सहभागी छन्।

Sana Kishan

ओलीले आवेगमा आएर संसद् भंग गरेपछि सोमबारबाट ओली र प्रचण्ड पक्ष छुट्टाछुट्टै बैठक गरेर आ–आफ्नो रणनीति बनाउन व्यस्त बनेका छन् ।

World Link Ads
Mahakali Polytechnic

त्यस्तै, प्रचण्ड पक्षले सोमबार दिउसो १ बजे संसदीय दलको बैठक बोलाएको छ । त्यस्तै यो समूहले दिउँसो ३ बजे पार्टी स्थायी समिति बैठक समेत बोलाएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभा विघटन गरेकी थिइन्। यसपछि बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ। केन्द्रीय कमिटी बैठक पुस ७ गते बोलाउने निर्णय गरिएको छ।aahakhabar बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.