सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बालबालिकालाई मासु खुवाउन कहिलेबाट सुरु गर्ने ?

बालबालिकालाई ६ महिनासम्म पुर्ण रुपमा स्तनपान गराउनुपर्छ । उनिहरुलाई ६ महिनासम्म आमाको दुध बाहेक पानी पनि खुवाउन नपर्ने विज्ञहरु बताउँछन् । ६ महिना पुगेपछि बालबालिकाको शरीरमा आइरनको भण्डारण कम हुदैँ जान्छ । मासुमा शरीरले सजिलै एब्जर्ब हुने हेम आइरनको मात्रा बढि हुन्छ । त्यसैले बालबालिकालाई ६ महिना पुरा भएदेखि मासु खुवाउन सुरु गर्न सकिन्छ ।

बालबालिकालाई खुवाउनका लागी एमिनो एसिडको सहि समिश्रण र बोसो कम हुनाले अरु भन्दा पोल्ट्रि मासु खुवाउँदा राम्रो हुने विज्ञहरु बताउँछन् । उनिहरुका अनुसार, बालबालिकालाई खुवाउने मासु नरम हुने गरि पकाएर पुरी वा सुपको रुपमा खुवाउनुपर्छ । बालबालिकालाई सधैं फ्रेस मासु खुवाउनुपर्छ । मासु पकाउदाँ फ्राई गर्नुहुदैन । साथै एक पटक भनदा धेरै तताएर खुवाउनु हुदैँन ।

Sana Kishan

सामान्य मासु भन्दा अंगको मासुमा भिटामिन, आइरन र जिंक बढि हुन्छ । त्यसैले अंगको मासु बालबालिकाका लागी स्वस्थ्यकर हुन्छ ।

World Link Ads
Mahakali Polytechnic

सुरुमा मासु खुवाउँदा १ देखि २ चम्चाबाट शुरु गर्नुपर्छ । त्यसपछि बिस्तारै बढाउँदै लैजानुपर्छ । १ बर्ष पुगन्जेलसम्म दैनिक ६५ ग्राम सम्म खुवाउन सकिन्छ ।सारस

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.