सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

फेरि बढ्यो निर्माण सामग्रीको मूल्य, कुनको कति पुग्यो ?

काठमाडौं । निर्माण सामग्रीको मूल्य वृद्धि भएको छ ।

निर्माण सामग्रीको मागअनुसार उत्पादन नहुँदा र विश्व बजारमै कच्चा पदार्थको मूल्य बढेसँगै निर्माण सामग्रीको मूल्य बढेको व्यवसायीहरु बताउँछन्।

२ महिना अगाडिसम्म प्रति क्युव फिट ८ रुपैयाँ रहेको गिट्टीको मूल्य अहिले बढेर ११ रुपैयाँसम्म पुगको छ । यसैगरी बालुवाको मूल्यमा पनि प्रतिक्युब फिट ३ देखि ४ रुपैयाँसम्म बढेर ११देखि १२ रुपैयाँसम्म पुगको छ। केही समय अगाडि बालुवा प्रतिक्युब फिट ८ रुपैयाँ थियो।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यसैगरी, डन्डीको मूल्य पनि प्रतिकिलो ७२ रुपैयाँबाट बढेर सरदर ८२ रुपैयाँभन्दा बढी पुगेको छ। साथै इँटाको मूल्य पनि अहिले बढेर प्रतिगोटा १६ रुपैयाँसम्म पुगेको छ। मूल्य बढनुभन्दा पहिले इँटाको मूल्य प्रतिगोटा १३ रुपैयाँको हाराहारीमा थियो ।

Dirghayu Ads

त्यसैगरि सिमेन्टको मूल्य भने खासै बढेको छैन। सिमेन्ट अहिले बजारमा सरदर बोराको कम्पनी अनुसार ७ सय ७० रुपैयाँ देखि ८ सय २० रुपैयाँसम्म छ ।

पहिले ५ सय रुपैयाँदेखि ७ सय रुपैयाँ रहेको लेवर शुल्क अहिले बढेर ७ सयदेखि ९ सय रुपैयाँसम्म पुगेको छ। जसका कारण भौतिक संरचना निर्माण समग्रमा १० देखि १५ प्रतिशतले महंगिएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.