सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

उखु किसानलाई भेट्न माइतीघर पुगे मन्त्री त्रिपाठी र भट्ट

३ पुस, काठमाडौं । आन्दोलनरत उखु किसानलाई भेट्न शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट माइतीघर पुगेका छन् ।

मन्त्री भट्टले त्यहाँ उखु किसानका अगुवालाई भेटेर चिनी उद्योगले रकम भुक्नानी दिन सुरु गरेको भन्दै आन्दोलन स्थगित गर्न आग्रह गरेका  छन्  ।श्रीराम सुगर मिलले किसानलाई वितरण गर्न मिल्ने गरी १६ करोड रुपैयाँ जम्मा गरिसकेको र सकेसम्म शनिबार देखिनै रकम वितरण थाल्न राष्ट्रिय वाणिज्य बैकलाई अनुरोध गर्ने मन्त्री भट्टले बताए ।

Sana Kishan

अन्त भट्टले अरु चिनी उद्योगहरुलाई पनि रकम तिर्न ताकेता गर्ने भन्दै आन्दोलन स्थगित गर्न आग्रह गरेका थिए ।

World Link Ads
Mahakali Polytechnic

तर उखु किसानहरुले आइतबारसम्म भुक्तानीको अवस्था हेरेर आन्दोलन अघि बढाउने वा नबढाउने निर्णय गर्ने जवाफ दिएका छन् ।

Dirghayu Ads

उखु किसान सं‌घर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले आन्दोलनको समीक्षा बैठक बस्ने र आइतबारसम्मको अवस्था हेरेर आन्दोलन रोक्ने वा नरोक्ने निर्णय हुने बताए ।onlinekhabar बाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.