सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चमेलिया नदी किनारमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो

कंचनपुर  । चमेलिया नदी किनारमा आज बिहान मृत अवस्थामा फेला परेकी महिलाको पहिचान भएको छ ।

मृतक ती महिला दार्चुलाको शैल्यशिखर नगरपालिका ६ उलानीका ४० वर्षीया सरिता धामी रहेको बैतडीका प्रहरी प्रमुुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुुभयो ।

Sana Kishan

ती महिला आज बिहान ८ बजे बैतडीको दोगडाकेदार गाउँपालिका ६ चम्तडीस्थित चमेलिया नदी किनारमा मृत अवस्थामा फेला परेकी हुन् ।

World Link Ads
Mahakali Polytechnic

बिहान स्थानीय नैनसिंह गोयलाले नदी किनारमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सरिता बिहीबार बिहान घरबाट एक्कासी बेपत्ता भएकी घरपरिवारले बताएको प्रहरीले जनाएको छ ।

Dirghayu Ads

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकोे छ । मृतक महिलाका श्रीमान, १ छोरा र १ छोरी रहेका प्रहरीले बताएको छ ।lokdarpantv बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.