सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नाकको वरिपरि चिल्लो हुनु , स-साना कालो खिल बस्नु जस्ता समस्या छन ? यसरी छुटकारा पाउन सकिन्छ

सुन्दर अनि सफा अनुहार सबैको चाहना हुन्छ । तर विविध कारणले सुन्दरतामा कमजोरी पनि आउँछ । सुन्दरता कमजोर गराउने कारण मध्ये नाकको बाहिर पटी छालामा देखिने बढी चिल्लोपना वा स–साना काला वा सेता खिल हुन् । नाकमा चिल्लो वा यस्ता खिलहरु के कारणले आउछ ? र कसरी आउन नदिने वा हटाउने ? हामी आज यस्को बारेमा चर्चा गर्ने कोसिस गरेका छौ ।

नाक स्वास्थ्यका लागि मात्र हैन सौन्दर्यको लागि पनि महत्वपूर्ण अंग हो । त्यस कारण नाकको भित्री तथा बाहिरी नाक वरिपरीको छाला भाग स्वस्थ र सफा हुनु पर्छ । नाक वरिपरीको छालामा विशेष गरेर चिल्लो, काला तथा सेता खिल आउने समस्या धेरै व्यक्तिमा हुन्छ ।

खिलबारे भ्रम हाम्रो समाजमा नाकमा आउने चिल्लो वा खिल बारे धेरै भ्रम छ । सानोमा बढी चिल्लो खायो वा लायो भने यस्तो हुन्छ, यसलाई निचोरेरै हटाउन सकिन्छ, भन्ने कुरा भ्रम मात्र हो । तर यस्तो गर्नु पनि राम्रो हुँदैन ।

World Link Ads
Mahakali Polytechnic

यस कारण नाक वरिपरी छालामा चिल्लो वा खिल आउँछ
प्राय १३ वर्षदेखि २५ वर्षको समयमा यस्तो समस्या बढी देखा पर्छ । कारण नाकदेखि आँखा तलको भागसम्मलाई ‘टि एरीया अफ दि फेस’ भनिन्छ ।

Dirghayu Ads

नाकदेखि आँखाको मुनिसम्मको भागमा ‘सिवाईसेस ग्रन्थी’ हुन्छ । यो ग्रन्थीले शिवम नामक चिल्लो पदार्थ उत्पादन गर्छ । यस्तो चिल्लो पदार्थ छालाबाट सजिलै बाहिर जान नसके पछि, काला, सेता खिलको रुपमा परिणत हुन्छ ।

सेता खिलहरु छाला भित्रै डण्डिफोर वा साना फोका जस्तै हुन्छ । यो फुट्दैन । तर काला खिलहरु फुटेर चिल्लो वा घिउ जस्तो निस्कन्छ । सेता खिलको तुलनामा काला खिलले कुरुप हुन्छन् ।

खिल देखा पर्दा गर्नै नहुने कुराहरु
अधिकांश मानिसको बानी हुन्छ, नाक वरिपरी यस्ता खिलहरु आए कोट्याउने, वा निचोर्ने । यस्तो गर्दा छालामा प्वाल पर्नुका साथै खाल्टा–खाल्टा दाग देखिन्छ । इन्फेक्सन भयो भने कान वरिपरीको भाग दीर्घकालिन कुरुप नहोला भन्न सकिन्न । त्यसैले पनि यो बढ्दो उमेरसँगै ग्रन्थीको प्रभावले देखा पर्ने समस्या भएकाले आउँछ, जान्छ । सकभर चलाउनु हुदैन् ।आफै निको भएर जाने छ केही दिनमा ।

Sana Kishan

के कारणले गर्दा आउँछ त नाकमा चिल्लोपना वा खिल ?यस्लाइ आउन नदिन यसो गर्नुस्
१:दिनको तीन पटक सफा पानीले मुख धुने ।

२:बाहिर हिँड्दा वा दिनको एक पटक आफ्नो छालालाई सुहाउने गुणस्तरीय क्रिमको प्रयोग गर्ने ।

३:धुवाँ, धुलोबाट आएपछि फेसवासले मुख सफा गर्ने ।

४:बढी नै समस्या देखा परे हप्तामा एक चोटी स्क्रप लगाएर सफा गर्ने ।

५:सन्तुलित आहारको सेवन गर्ने ।

६:अरुले भनेको भरमा बजारमा पाइने जुन सुकै क्रिमको प्रयोग वा जथाभावी औषधि सेवन नगर्ने ।

७:यदि धेरै समस्या आयो भने चिकित्सकको सल्लाह बमोजिम आौषधि सेवन वा अन्य तरिका अपनाउनु पर्छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.