सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानमन्त्री कप सुदूरपश्चिम छनौट : फाईनलमा आज बैतडी र अछाम भिड्दै

सुदूरपश्चिम प्रदेशमा जारी प्रधानमन्त्री कप (पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको छनौट अन्तर्गत आज अन्तिम फाईनल खेल हुन लागेको छ । कञ्चनपुरको कभर्डहल मैदानमा फाइनल प्रबेश गरेका बैतडी र अछामबिच आज फाईनल खेल हुन लागेको हो ।

सुदूरपश्चिम प्रदेशका २ तराईका र ६ पहाडका जिल्लाका टोली सहभागी छनौटमा लगातार दुुबै टोली पहाडकै फाइनलमा पुुगेका छन् ।

Sana Kishan

आजको बिजेता प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको टोली छनौट हुनेछ । बैतडी लगातार ३ खेल जित्दै फाइनल प्रवेश गरेको हो भने अछाम २ खेल जित्दै रनरेटका आधारमा अघि रहदै फाइनल पुगेको हो । छनौट प्रतियोगिताको समापन समारोहमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दको उपस्थिती रहने बताइएको छ ।

World Link Ads
Mahakali Polytechnic

गत मंसिर २७ देखि सुरु भएको उक्त प्रतियोगितामा प्रदेशका ८ टोलीको सहभागिता रहेको थियो । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता यही पुस ११ गतेबाट हुदैंछ ।

महिलातर्फका खेलहरु दाङमा सञ्चालन हुनेछन् भने पुरुषतर्फका काठमाडौंमा हुने नेपाल क्रिकेट संघले जनाएको छ । प्रतियोगितामा तीन विभागीय र ७ प्रदेश गरी १० टिमको सहभागिता रहनेछ ।सारस

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.