सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

कञ्चनपुरमा शिक्षकलाई कोरोना संक्रमण देखिन थालेपछि विद्यालयहरु धमाधम बन्द गरिदैँ

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
पुस ३, २०७७
1 मिनेट पाठ

कञ्‍चनपुर — कोरोना संक्रमण तीव्र गतिमा बढेको भन्दै कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा एक साताका लागि लकडाउन घोषणा गरिएको छ । बुधबार शिक्षकदेखि जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि बिहीबार रातिदेखि एक साताका लागि लकडाउन गरिएको हो ।

महाशिवरात्रिको अवसरमा बैतडीमा भलिबल प्रतियोगीता हुँदै

फाल्गुन १५, २०७७
55

वेदकोट नगरपालिकाको आठौं नगर सभा सम्पन्न (फोटो पिचर)

फाल्गुन १५, २०७७
21

नगरपालिकाका प्रवक्ता दिलबहादुर सिंजालीका अनुसार बुधबार दुई वडाध्यक्ष, एक शिक्षक, दुई स्वास्थ्यकर्मी र दुई सर्वसाधारणमा संक्रमण देखिएको हो । ‘आज रातिदेखि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएका छन्,’ उनले भने, ‘नगर क्षेत्रका सबै विद्यालय पनि अनिश्चितकालका लागि बन्द गरिएका छन् ।’ दोधारा–चाँदनीमा हालसम्म ८३ जनामा संक्रमण पुष्टि भएको छ । अहिले सक्रिय संक्रमितको संख्या आठ जना छ । दोधारा–चाँदनी नगरपालिकामा मंसिर २८ देखि विद्यालय सुचारु भएका थिए । बुधबार शिक्षक र स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको प्रवक्ता सिंजालीले बताए ।

भीमदत्त नगरपालिकामा पनि बुधबार दुई शिक्षकसहित थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भीमदत्त नगरपालिका–७ को एक माध्यमिक विद्यालयका शिक्षकमा संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको छ । ‘अर्को एक विद्यालय पनि बन्द गर्ने तयारी छ,’ वडा नं. ७ का अध्यक्ष शंकर कुँवरले भने, ‘सुरुमा एक शिक्षकमा संक्रमण देखिएको थियो, कन्ट्याक्ट ट्रेसिङ गर्दा अर्का शिक्षकमा पनि संक्रमण पुष्टि भएको हो ।’

उनका अनुसार शिक्षकमा संक्रमण देखिएपछि समुदायमा समेत त्रास सिर्जना भएको छ । भीमदत्त नगरपालिकामा पनि संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । हालसम्म ३ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ । अहिले पनि ३९ जना सक्रिय संक्रमित रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले बताए । ‘अहिले जताततै संक्रमित छन्, परीक्षण कम भएर मात्रै कम देखिएको हो,’ उनले भने, ‘हामीले अलि बढी परीक्षण गर्दा संक्रमण बढी देखिएको हो ।’

कोरोना संक्रमण समुदायमा बढ्दै गएको भन्दै शुक्लाफाँटा नरगपालिकाको वडा नं. ५ सिल गरिएको छ । दुई साताअघि एक जनाको कोरोनाका कारण मृत्यु भएपश्चात् कन्ट्याक्ट ट्रेसिङ गर्दा थप ६ जनामा संक्रमण देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले बताए । ‘समुदायमा संक्रमण बढ्दै गएको छ, त्यही भएर वडा कार्यालयले नै सिल गर्ने निर्णय गरेको हो,’ उनले भने, ‘विद्यालयहरू पनि १० दिनका लागि बन्द गरेका छौं ।’

समुदायमा संक्रमण बढ्न थालेपछि स्थानीय पनि त्रसित भएका छन् । संक्रमितसँग सम्पर्कमा आएका र परीक्षणका लागि स्वाब दिएकाहरूसमेत निर्बाध रूपमा घुमिरहेका कारण स्थानीय बढी डराएका छन् ।

‘घरमा संक्रमित मान्छे छन्, त्यही घरका बालबालिकादेखि सबै स्कुलदेखि बजारमा समेत डुलिरहेका छन्,’ महेन्द्रनगरका स्थानीय बिसनदेव जोशीले भने, ‘न कन्ट्याक्ट ट्रेसिङ छ न त क्वारेन्टाइनमा बसेका छन्, यसले समेत समुदायमा संक्रमण बढेको हो ।’

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा हालसम्म १४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ११ जनाको मृत्यु भएको छ । अहिले पनि जिल्लामा १ सय ७९ जना सक्रिय संक्रमित छन् । बिहीबार मात्रै थप ११ जनामा संक्रमण पुष्टि भएको छ ।

बुधबार ३२ जनामा संक्रमण पुष्टि भएको थियो । जसमध्ये तीन जना शिक्षक छन् । ‘पछिल्लो समय लक्षणसहितका संक्रमित बढेका छन्,’ जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन सिद्धराज भट्टले भने, ‘कतिपय लक्षण नभएकालाई परीक्षण गर्दा पनि संक्रमण देखिएको छ ।’ उनका अनुसार पछिल्लो एक सातायताको रिपोर्टका आधारमा संक्रमण समुदायमा समेत बढेकाले सतर्क हुनुपर्ने बताए । – कान्तिपुर

सिफारिस

बैतडी

महाशिवरात्रिको अवसरमा बैतडीमा भलिबल प्रतियोगीता हुँदै

फाल्गुन १५, २०७७
55
मुख्य समाचार

वेदकोट नगरपालिकाको आठौं नगर सभा सम्पन्न (फोटो पिचर)

फाल्गुन १५, २०७७
21
मुख्य समाचार

भेट्छौ अनि छुट्टिन्छौ कुरा खास गर्दैनौ : धर्मानन्द भट्ट

फाल्गुन १५, २०७७
12
मुख्य समाचार

‘सरकारले अविश्वास प्रस्तावको डटेर सामना गर्छ, आउने परिणाम स्वीकार्छ’

फाल्गुन १४, २०७७
13
मुख्य समाचार

आईपीओको नतिजा अब तीन ठाउँबाट मात्रै हेर्न पाइने

फाल्गुन १४, २०७७
7
मुख्य समाचार

गृह मन्त्रालयद्वारा ३६ जिल्लाका सिडिओको सरुवा (सूची सहित)

फाल्गुन १४, २०७७
19
अर्को

देखेर नि इन्कार कदापी यो मन्दिरलाई दर्शन गरि भेटि स्वरुप सेयर गदै कमेन्ट ॐ लेख्नुहोस सारा दु:ख नास हुनेछ्न…!ॐ ॐॐ

प्रधानमन्त्री कप सुदूरपश्चिम छनौट : फाईनलमा आज बैतडी र अछाम भिड्दै

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

महाशिवरात्रिको अवसरमा बैतडीमा भलिबल प्रतियोगीता हुँदै

फाल्गुन १५, २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधब पक्षको बैतडी जिल्ला कमिटिको बैठक भोली बस्दै !!

फाल्गुन १५, २०७७

जन्मसमय अनुसार यसरी थाहा हुन्छ तपाईको भाग्य !!

फाल्गुन १५, २०७७

वेदकोट नगरपालिकाको आठौं नगर सभा सम्पन्न (फोटो पिचर)

फाल्गुन १५, २०७७

तपाई ३६ वाला कम्मरलाई घटाएर २६ बनाउन चाहानुहुन्छ ? पिउनुहोस् यो स्पेशल ड्रिंक

फाल्गुन १५, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In