दोस्रो दिनको पहिलो विकेटको रुपमा रविचन्द्र आश्विनलाई गुमाएको थियो । त्यतिबेला अघिल्लो दिनको स्कोरमा एक रन पनि भारतले थप्न सकेन् । दोसु्रो विकेटको रुपमा ऋद्धिमान साह आउट भएपछि भारतले आठौ विकेट गुमाउँदा २३५ रन बनाएको थियो ।
९२.२ औं ओभरमा उमेश यादव आउट भएपछि नवौं विकेट गुमाएको भारतले दशौं विकेटको रुपमा मोहम्मद शामी आउट हुँदा २४४ रन बनेको थियो । भारतलाई रोक्ने क्रममा अस्ट्रेलियाका लागि मिचेल स्टार्कले चार विकेट लँदा पेट कमिन्सले तीन विकेट हात पारे ।
भारतका लागि पहिला पारिमा कप्तान विराट कोहलीले सर्वाधिक ७४ रन बनाए भने दोस्रो सर्वाधिक रन चेतेश्वर पुजाराको नाममा ४३ रहह्यो । यसैगरी अजिक्या रहाणेले ४२ रन बनाउँदा मायंक अग्रवालले १७ तथा, हनुमा विहारीले १६ र रविचन्द्र जडेजाले १५ रनको योगदान गरे ।