सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यस वर्षकाे एसईई चैतमा सम्भव छैन : पनिका

यस वर्ष (२०७७ साल)को माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत महिनामा सञ्चालन गर्न सम्भव नहुने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले स्पष्ट गरेको छ ।

कोभिड–१९ का कारण परीक्षासँग सम्बन्धित कुनै पनि तयारी सुरु नभएको र यस्तो अवस्थामा आगामी चैतमा परीक्षा सञ्चालन गर्न सम्भव नहुने भनाइ पनिकाको छ ।

परीक्षा नियन्त्रक रामराज खकुरेलले भने, “केही तयारी भएकै छैन । यतिबेलासम्म प्रश्नपत्र तयार गर्ने काम निकै अगाडि बढीसकेको हुनुपर्थ्यो । त्यसैले चैतमा परीक्षा गर्न कुनै पनि हालतमा सम्भव छैन ।”

World Link Ads
Mahakali Polytechnic

उनले छिटोमा जेठमा मात्र परीक्षा सञ्चालन गर्न सकिने बताए । कक्षा १० का विद्यार्थीहरु कक्षाकोठामा प्रत्यक्ष अध्ययन गर्न पाएका छैनन् । यसले गर्दा विद्यार्थीको सिकाइमा समस्या देखिएको शिक्षकहरुले बताउँदै आएका छन् । आगामी फागुनबाट गर्मी सुरु हुने र त्यसपछिका चार महिनासम्म कक्षाकोठामा अध्यापन गर्न सकिएमा अहिलेको तुलनामा सिकाइमा निकै सुधार आउने र आगामी असारमा परीक्षा सञ्चालन गर्दा उपयुक्त हुने धारणा परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीहरुको छ ।

Dirghayu Ads

अहिलेसम्म एसईईका लागि रजिष्ट्रेसन तथा आवेदन फारामसम्बन्धी कुनै पनि कार्य अगाडि बढेकै छैन । जबकी गत २०७६ सालमा असोज ५ गते नै कक्षा ९ का लागि रजिष्ट्रेसन फाराम र कक्षा १० का लागि आवेदन फाराम खुला गरिएको थियो । पुस लाग्न लाग्दा पनि रजिष्ट्रेसन र आवेदन फाराम भराउने वा नभराउने भन्ने नै अत्तोपत्तो छैन ।

Sana Kishan

“बोर्डले रजिष्ट्रेसन र आवेदन फाराम खोलिदिनुपर्दछ” उनले थपे, “असोजमै खोलिदिनुपर्थ्यो । यति ढिलो भइसक्दा समय अपुग हुन्छ ।”

विगतमा दसैँ लगत्तै प्रश्नपत्र बनाउन विशेषज्ञलाई जिम्मेवारी दिइसकिएको हुन्थ्यो । यसपटक अहिलेसम्म यसबारेमा पनिका आफै अन्योलमा छ । त्यसैले पनिकाले राष्ट्रिय परीक्षा बोर्डलाई हालै पत्र लेखी यसबारेमा स्पष्ट गरिदिन आग्रह गरेको छ ।

पनिकाले प्रदेश शिक्षा निर्देशनालय वा रापबोर्डले वा गत वर्षको जस्तै हुने वा विद्यालय आफैले सञ्चालन गर्न पाउने भन्ने बारेमा निर्णय गरिदिन पत्रमा उल्लेख गरेको छ । परीक्षा नियन्त्रक खकुरेलले यो बारेमा स्पष्ट गरिदिन रापबो, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारीसमक्ष लिखितरुपमा आग्रह गरिसकिएको बताउँदै भने, “यो बारेमा निर्णय नगरेसम्म प्रश्नपत्र तयार गर्ने कुरा हुँदैन । अहिले हामीले प्रश्नपत्र तयार गरौँला तर पछि निर्णय अर्कै हुनसक्ला ।”

शिक्षा ऐन (आठौँ संशोधन)ले माध्यमिक परीक्षा क्षेत्रीयस्तरमा सञ्चालन हुने स्पष्ट गरेको छ । मुलुकमा सङ्घीयता कार्यान्वयनसँगै क्षेत्रीय संरचना खारेज भई प्रादेशिक संरचना स्थापना भइसकेको छ । कानुनमा क्षेत्रीय लेखिए पनि विगत दुई वर्षदेखि एसईईको प्रश्नपत्र तयार र छपाइ बाहेकका परीक्षा व्यवस्थापनको जिम्मा प्रदेशलाई हस्तान्तरण गरिसकिएको छ । प्रदेश तहमा अनिवार्य विषयका फरक फरक प्रश्नपत्र तयार गरिँदै आएको पनि छ । प्रश्नपत्र तयारी तथा छपाइदेखि परीक्षाको व्यवस्थापनसम्बन्धी सम्पूर्ण जिम्मा प्रदेश तहलाई हस्तान्तरण गर्न अध्ययादेशका रुपमा भए पनि शिक्षा ऐनमा संशोधन गर्नुपर्ने भनाइ रापबोर्डका पदाधिकारीहरुको छ ।edupatra.बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.