सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

भारतमा मृत्यु भएका आप्रबासीको परिवारलाई बिमा रकम हस्तान्तरण ( बैतडी )

42
Sana Kishan

–मंसिर १८/  भारतमा मृत्यु भएका बैतडीका एक जना मृतकको परिवारलाई बिमा रकम हस्तान्तरण गरिएको छ । कामको सिलसिलामा भारतमा मृत्यु भएका पाटन नगरपालिका ६ का नरेन्द्र भण्डारीका आफन्तलाई बिमा रकम हस्तान्तरण गरिएको हो । पाटन नगरपालिका र रुडेस बैतडीले मृतकका आफ्नतलाई बिमा रकम १ लाख ५० हजार र किरिया खर्च १० हजार उपलब्ध गराएको हो । बैतडीको पाटन नगरपालिकाले ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज रुडेससंगको सहकार्यमा भारतमा काम गरिरहेका नेपालीहरुको बिमा गरेको छ ।

Karnali Traders

रोजगारीका सिलसिलामा जोखिममा पर्न सक्ने भएकाले उनीहरुलाई सहयोग होस भनेर गत बर्षदेखि यो कार्यक्रम शुरु गरिएको थियो । गत आर्थिक बर्षदेखि भारतमा काम गरिरहेका आप्रवासीहरुको बीमा गर्न थालिएका हो । भारतमै रहेका बेला केहि भइहाले पनि सहयोग मिलो भन्ने हेतुले अप्रवासिहरुको बिमा गरिएको छ । रुडेसले अक्सफाम नेपालको सहयोगमा सञ्चालन गरिरहेको आर्थिक उत्थानशील कार्यक्रम अन्तर्गत नगरपालिकासंग मिलेर पाटनमा २ सय ७५ जनाको गत आर्थिक बर्षमा बीमा गरेको थियो ।

बुधबार एक कार्यक्रमकाबीच जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट र पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले मृतकका परिवारलाई चेक हस्तान्तरण गर्नुभएको हो । कामदारको बीमा गर्दा ५० प्रतिशत नगरपालिका र ५० प्रतिशत रुडेसले किस्ता तिरेर आप्रवासी कामदाहरुको बीमा गरेको रुडेसका कार्यकारी निर्देशक गोविन्दराज जोशीले जानकारी दिनुभयो । यो खबर radiobaitadi बाट सभार गरियको हो

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.