सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारत विजयी पहिलो टि-२० मा अष्ट्रेलिया सग

दुई टिमबीचको दोस्रो खेलमा आइतबार हुनेछ ।

यस अघि भारतले एकदिवसीय सिरिज २-१ ले गुमाएको थियो ।

Sana Kishan
World Link Ads
Mahakali Polytechnic

क्यानबेरामा शुक्रबार भएको खेलमा भारतले  लाई ११ रनले पराजित गरेको हो ।

भारतले दिएको १ सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो ।

अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ३५ रन जोड्दा सर्टले ३४ रन बनाए ।

यस्तै मोइसेस हेन्रिक्सले ३० तथा स्टिभ स्मिथले १२ रन बनाए । म्याथ्यु वेडले ७ रन बनाउँदा ग्लेन म्याक्स्वेल २ रनमा आउट भए ।

सिन एब्बट र मिचेल स्विपसन समान १२/१२ रनमा अविजित रहे ।

भारतका युजभेन्द्र चाहल र टी नटराजनले ३/३ विकेट लिए ।

रविन्द्र जडेजा घाइते भएपछि चाहल उनको स्थानमा मैदान प्रवेश गरेका थिए । यस्तै नटराजनको यो टी-ट्वान्टीमा डेब्यु खेल हो ।


यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनायो ।

भारतका लागि केएल राहुलले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४० बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

यस्तै रविन्द्र जडेजाले अविजित रहदै ४४ रन जोड्दा दिपक चाहर सुन्य रनमा अविजित रहे ।

त्यस्तै सन्जु सामसनले २३ रन तथा हार्दिक पाण्डयले १६ रन बनाए ।

कप्तान विराट कोहली ९ रनमा आउट हुँदा वासिङ्गटन सुन्दरले ७, शिखर धवनले १ र मनिस पाण्डेले २ रन बनाए ।

अष्ट्रेलियाका मोइसेस हेन्रिक्सले ३ विकेट लिए । मिचेल स्टार्कले २ तथा एडम जाम्पा र मिचेल स्विपसनले १/१ विकेट लिए ।


जितसँगै भारतले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.