सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा कोरोना संक्रमितको सङख्या ५ सय ७० पुग्यो

मंसिर-१९/ शुक्रबार बैतडीका थप एक जनामा कोरोना पुष्टि भएको छ । डडेल्धुरा प्रयोगशालामा गरिएको परिक्षणमा जिल्लाका थप १ जनामा कोरोना पुष्टि भएको हो । शुक्रबार कोरोना संक्रमण पुष्टि हुनेमा दोगडाकेदार गाउँपालिकाका ३० वर्षिय पुरुष रहेका बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवन प्रशाद जोशीले जानकरि दिनुभएको छ । शुक्रबार एकजनामा कोरोना संक्रमण पुष्टि भए संगै जिल्लामा कोरोना संक्रमितको कुल सङख्या ५ सय ७० पुगेको उहाँले बताउनुभयो । यस्तै बैतडीमा कोरोनाका सक्रिय संक्रमित ६५ जना रहेका छन । स्वास्थ्य कार्यालयले दिएको जानकारि अनुसार सबैभन्दा बढी दशरचन्द नगरपालिकामा ४२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन ।

Sana Kishan

यस्तै पाटन नगरपालिकामा ४ , पुर्चौडी नगरपालिकामा २ , डिलाशैनि गाउँपालिकामा १६ र दोगडाकेदार गाउँपालिकामा १ जना सक्रिय कोरोनाका संक्रमित रहेका छन । बैडीमा अहिले सम्म ५ सय ७० जनामा कोरोाना संक्रमण पुष्टि भएको छ जसमध्ये ५ सय ४ जना कोरोना मुक्त भइसकेका छन भने एक जनाको मृत्यु भइसकेको छ । यस्तै हाललार्ई जिल्लाको मेलौली नगरपालिका, सुर्नया, सिगास , शिवनाथ र पञ्चेश्वर गाउँपालिका भने सक्रिय संक्रमित शून्य पालिका बनेका छन ।radiobaitadi बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.