सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पुरातात्विक स्थलमा प्राचीन पोशाक लगाएर मोडलका अपाच्य तस्विर खिचेको आरोपमा पक्राउ

Sana Kishan

काठमाडौं । आफैंले खिचेका तस्विरका कारण एक व्यक्ति समातिएका छन् । मिस्र (इजिप्ट) प्रहरीले हुसेन मोहम्मद नामको फोटोग्राफरलाई नियन्त्रणमा लिएको छ । उनीमाथि प्राचीन पोशाक लगाएर अपाच्य खालका तस्विर खिचेको आरोप लागेको छ ।

उनले जोजर पिरामिड नामको पुरातात्विक स्थलमा प्राचीन पोशाक लगाएकी एक मोडलका फोटोहरु लिएका थिए । बाहिर आएका तस्विरहरुमा मोडलले फिरौन स्टायल प्राचीन पोशाक लगाएकी छिन् । त्यहाँका मानिसहरू प्राचीन पोशाकको अपमान भएको भन्दै रिसाएका थिए, यो बीचमा प्रशासनको नजर परेको हो ।

यी तस्विरहरु लिइएको ठाउँको नाम सक्कारा नेक्रोपोलिस हो । यो राजधानी काहिराबाट तीस किलोमीटर टाढा छ । यसलाई यूनेस्कोले विश्व सम्पदा सुचिमा पनि राखेको छ । यी तस्विरहरुमा देखिएकी मोडलको नाम सलमा एल–शीमी हो । जब तस्विरहरु सामाजिक सञ्जालमा अपलोड हुन्छन् तब बबाल सुरु भएको हो ।

उनले उक्त ठाउँमा प्राचीन पोशाकसहित लिएका तस्विर साझा गरेपछि मिस्रका जनतामा आक्रोश देखिएको हो । ति क्षेत्रहरुमा सामान्य तरिकाले पनि तस्विरहरु खिच्न मिल्दैन । रिपोर्टका अनुसार, सलमालाई पुरातत्विक स्थानहरूमा बिना अनुमति तस्विर खिच्न मिल्दैन भन्ने कुरा जानकारी थिएन् । सामाजिक सञ्जालमा केहि त्यस्तो हल्लाहरु पनि फैलाइएको थियो कि सलमालाई पक्राउ गरिएको छ ।

तर उनलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छैन । अकबर अल योमको रिपोर्ट अनुसार, सलमा एक सरकारी अभियोजककहाँ गएकी थिइन् । सरकारी अधिकारीकहाँ उनले यी तस्विर खिच्नुको पछाडिको कारण पर्यटन व्यवसायको प्रवर्दन गर्नु रहेको थियो । उनले त्यहाँका व्यक्तिहरूको भावनाहरू भड्डकाउन नखोजेको बताएकी छिन् ।

यो घटनालाई लिएर पुरातत्व विभागका जनरल डा. मुस्तफा वाजीरीले यी तस्विरहरु अत्यन्तै अपमानजनक भएको भनेका छन् । उनले इतिहास, संस्कृति र स्मारकहरुको सम्मान नगर्ने सबैलाई पक्राउ गर्ने चेतावनी पनि उनले जारी गरेका छन् । सामाजिक सञ्जालमा धेरै व्यक्तिहरु छन् जो यस मोडल र फोटोग्राफरको समर्थन गरिरहेका छन् ।

सलमा र फोटोग्राफरको पक्षमा उभिएका व्यक्तिहरू भन्छन् कि मिस्रमा कुनै पनि पुरुषले यसरी नै तस्विर लिएमा केही हुँदैन । तर महिला भएका कारण सलमा र उनका फोटोग्राफरले अनावश्यक भेदभाव सहनुपर्यो । यस बर्षको सुरुवातमा पनि मिस्रमा एक महिलाले आन्दोलन थालेकी थिइन् । त्यहाँ प्राचीन स्थलमा पुगेर टिकटक भिडियो बनाउने पाँच महिलाहरुलाई दुई वर्षको कारागार सुनाइएको थियो ।

साथमा उनीहरुलाई २३ लाख ६४ हजार रुपैयाँ भन्दा धेरैको जरिवाना पनि तोकिएको थियो । पछिल्लो केहि महिनाहरुमा सामाजिक सञ्जालमा इन्फ्लुइजर्स त्यस्ता व्यक्तिहरु हुन, जसले गरेको एक पोस्ट धेरै व्यक्तिहरुसम्म पुग्दछ । उनीहरु सामान्यतयाः सेलिब्रेटीहरुको हैसियत राख्छन् । उनीहरुले दिने र गर्ने हरेक कामको प्रभाव उनीहरुका समर्थकहरुलाई पनि पर्दछ ।

यस्ता दर्जन भन्दा धेरै व्यक्तिहरुलाई अपमानजनक सामाग्री पोस्ट गरेको भन्दै कारागार चलान गरिएको हो । सन् २०१८ मा ग्रेट पिरामिडमा एक जोडीका धेरै फोटोहरू आए पछि हंगामा भयो । प्रशासनले त्यसबेला पक्राउ गरेकाहरुमा एक उटका मालिक र एक महिला रहेका थिए । महिला, जो उक्त जोडीलाई गाईड गरिरहेकी थिइन् । स्रोत : manakamanadaily.

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.