सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

प्रदेश सभा सदस्य खड्काद्वारा पुलको शिलान्यास टोटी नालामा

47
Sana Kishan

शुक्लाफाँटा नगरपालिकाको वडा १० मा पर्ने टोटीनाला सडकमा पुलको शिलान्यास गरिएको छ । बिहीबार एक औपचारिक कार्यक्रमकाबीच सुदुरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य लाल बहादुर खड्काले पुलको शिलान्यास गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका प्रदेशसभा सदस्य खड्काले वर्षौँदेखि पुलको समस्या व्यहोर्न बाध्य स्थानीयवासीले पुलको निर्माणसँगै राहतको अनुभव गर्ने बताए ।

Karnali Traders
 

निर्धारित समयमै पुलको निर्माण कार्य सम्पन्न हुने भन्दै यस कार्यमा सबैलाई सहयोगी र समन्वयकारी भूमिका निर्वाह गर्नुका साथै निर्माण कार्य छिटो पूरा गर्न र गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई आग्रह गरे । कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐर, उप–प्रमुख तुलसी देवी हमाल, नगर प्रवक्ता जगत बहादुर सिंह, नेकपाका नेता रण बहादुर महरा, कृष्ण वैजनाथ बहुमुखी कयाम्पसका क्याम्पस प्रमुख गणेश बहादुर ऐर र निर्माण कम्पनीका इन्जिनियर अमर बहादुर ऐर लगायतको सहभागिता रहेको थियो ।

 

पुलको बारेमा जानकारी दिँदै प्रदेश भौतिक पूर्वाधार विकास कार्यालय कञ्चनपुरका इन्जिनियर दिपक नेगीले ३० मिटर लम्बाई र ११ मिटर चौडाई रहेको उक्त पुल के.एस कन्सट्रक्सन धनगढी संग करिब ४ करोड ४८ लाख ५५ हजार ८ सय ७८ रूपैयाँ ११ पैसामा २०८० असार २९ गते सम्पन्न गर्ने गरी सम्झौता भएको बताए । पुल निर्माण कार्यले पुर्णता पाएपछि वर्षातको समयमा झलारी क्याम्पसका विद्यार्थी र स्थानिय बासिन्दालाई आवातजावत गर्न सहज हुने विश्वास
लिइएको छ ।setikalinews बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.