सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

सातै प्रदेशमा लाइसेन्स परीक्षाको अनलाइन फाराम खुल्यो, मितिको टुंगो छैन

152
Sana Kishan

चैतदेखि रोकिएको सवारी चालक अनुमति पत्रको परीक्षा र अनलाइन फाराम दर्ता सम्बन्धी अन्ततः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केही दिनअघि मात्र सूचना जारी गर्यो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यसअन्तर्गतका यातायात कार्यालयहरूको मागबमोजिम लाइसेन्स परीक्षा र अनलाइन फाराम सम्बन्धी मन्त्रालयले सूचना जारी गरेको हो ।

अनलाइन फाराम कहिलेदेखि खुल्ने र परीक्षा कहिले सञ्चालन हुने भन्नेबारे बुझ्न यातायात विभागले सबै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालय सूचनाअधिकारीहरूको टेलिफोन नम्बर पनि जारी गरेको छ । तर, गण्डकी प्रदेशबाहेक अन्य प्रदेशका अधिकांश सूचना अधिकारीको फोन अफ छ भने कतिपयको रजिष्टर नै नगरिएको नम्बर राखिएको पाइयो ।

Arus

अनलाइन फाराम कहिले खुल्ने र परीक्षा कहिले हुने भन्नेबारे गण्डकी प्रदेशले छलफल गरिरहेको छ । तर, परीक्षा कहिले हुने कुनै टुंंगो नभएको भौतिक पूर्वाधार मन्त्रालय, गण्डकी प्रदेशका सूचना अधिकारी डोलराज पराजुलीले इन्जिनियर्स पोष्टलाई जानकारी दिए ।

Nepali Khaja
Karnali Traders

‘अहिलेलाई लाइसेन्सको परीक्षा तयारीमा रहनुहोस् भन्ने हिसाबले मात्रै हामीले यो सूचना जारी गरेका हौँ,’ उनले भने, ‘परीक्षा र अनलाइन फारामबारे हाम्रो प्रदेशले केही दिनमा थप सूचना गण्डकी प्रदेशले आफ्नो वेबसाइटमा राख्नेछ ।’ यसका लागि अझै समय लाग्न सक्नेसमेत पराजुलीले जानकारी दिए ।

देशमा संघीय प्रणाली लागू भएपछि केन्द्रीय सरकारले ड्राइभिङ लाइसेन्स परीक्षा र लाइसेन्स वितरणको जिम्मेवारी प्रदेश सरकारलाई सुम्पेको छ । हाल लाइसेन्स जारी गर्ने जति पनि यातायात कार्यालयहरू छन्, यी सबै प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत चल्छन् ।engineerspost. बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.