सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लैंगिक हिंसा विरुद्ध शुक्लाफाँटा नगरपालिकाको अन्तरक्रिया

शुक्लाफाँटा नगरपालिका महिला तथा वालवालिका शाखाको आयोजनामा ‘लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान’को अवसरमा बुधवार “लैङ्गिक हिंसाको अन्त्यको प्रतिवद्धता ः व्यक्ति समाज र सबैको ऐक्यवद्धता“ भन्ने मुल नारासहित सरोकावालाहरु संग एक दिने अन्तरक्रिया कार्यक्रम सन्चालन गरिएको छ । कार्यक्रम शुक्लाफाँटानगरपालिका नगर उपप्रमुख तुलसी देवी हमालको अध्यक्षता तथा शुक्लाफाँटा नगरपालिका नगर प्रमुख दिल बहादुर ऐरको प्रमुख आतिथ्यतामा संचालन गरिएको थियो ।

Sana Kishan
 

कार्यक्रम मा बोल्दै नगर प्रमुख दिल वहादुर ऐरले महिला हिंसा हुनै नदिने गरी महिलालाई सशक्त बनाउनुपर्ने वताउनु भयो । मुलकुमा संघियता लागु भएसँगै महिला नेतृत्वमा पनि उल्लेखिए वृद्धि भएको उनको भनाई छ । उहाले‘महिला हिंसा हुन नदिन वडा तहसम्म महिलाा शसक्तिकरणको अभियान सरकारले संचालन गरेको वताउनु भयो । शुक्लाफाटा नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक तुलसी देवी हमालको सभापतित्वमा लैंगिक हिंसा न्युनीकरणका लागि नीतिगत तहदेखि कार्यान्वयन तहसम्मका सरोकारवाला निकाय, स्वयं हिंसा पीडित वर्ग, नागरिक समाज, समाजसेवी एकजुट भएर लाग्नुपर्ने धारणा राख्नु भएको थियो ।

 

सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रममा लैंगिक हिंसा सम्वन्धी कानूनी प्रावधानको विषय र महिला हिसाका वारेमा अधिवक्ता उद्धवराज भट्टले सहजीकरण गर्नु भएको थियो ।  कार्यक्रमको संचालन शुक्लाफाँटा नगरपालिका महिला तथा वालवालिका शाखा प्रमुख कमला जोशीले गर्नु भएको थियो ।  कार्यक्रममा नगर प्रवक्ता जगत वहादुर सिह, प्रमुख प्रशासकिय अधिकृत विशन सिह थापा,इलाका प्र्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरिक्षक कर्ण वहादुर वोहरा, स्थानिय अधिकारकर्मी, सञ्चारकर्मी र १२ वटै वडाका महिला तथा पुरुष वडा सदस्य तथा कार्यपालिका सदस्य, लगायत स्थानिय महिलाहरुको उत्साहजनक सहभागीता रहेको थियो । शुक्लाफाँटामा पनि लैङ्गकि हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सरकारी तथा विभिन्न गैरसरकारी संघ सस्था हरुको आयोजना मा लैङ्गिक विभेद र महिला हिंसा सम्बन्धि विभिन्न किसिमका सचेतना मुलक कार्यक्रमहरु सन्चानल भैरहेका छन।setikalinews. बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.