सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नगर उपप्रमुख चौधरीलाई कोभिड १९ संक्रमण : बेलौरी नगरपालिका एक हप्तासम्मका लागि बन्द

कञ्चनपुर, १७ मंसिर । कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालय तथा ४, ५ र ६ नम्बर वडा कार्यालय एक हप्तासम्मका लागि बन्द गरिएको छ । बेलौरी नगरपालिकाकी नगर उपप्रमुख चित्र कुमारी चौधरीलाई बुधबार कोभिड १९ संक्रमण देखिएपछि यही मंसिर १८ गते देखि २४ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय गरिएको हो । बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम प्रसाद चौधरीका अनुसार, संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरूको समेत स्वाब संकलन गरी परीक्षण गर्नुपर्ने भएकोले थप संक्रमणको जोखिम न्युनीकरण गर्न नगरपालिका कार्यालय र बेलौरी बजार क्षेत्रमा रहेका ४, ५ र ६ नम्बर वडा कार्यालय २४ गतेसम्मका लागि बन्द गरिएको हो । यी बाहेक अन्य वडा कार्यालय भने खुला रहने बेलौरी नगरपालिकाले जनाएको छ । नगर उपप्रमुख चौधरीको भने धनगढीमा स्वास्थ्योपचार भइरहेको उहाँका स्वकीय सचिव लक्ष्मण बुढाले जानकारी दिनुभयो ।nepalbodh.बाट सभार

Sana Kishan

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.