

वि.सं.२०७७ साल मंसिर १६ गते । मंगलबार । ईश्वी सन् २०२० डिसेम्बर ०१ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–प्रतिपदा,२३ घडी ३८ पला,बेलुकी ०४ बजेर ०६ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–रोहिणी,०५ घडी १८ पला,बिहान ०९ बजेर ४६ मिनेट उप्रान्त मृगशिरा । योग–सिद्ध,१३ घडी ४२ पला,मध्यान्ह १२ बजेर ०७ मिनेट उप्रँन्त साध्य । करण–कौलव,बेलुकी ०४ बजेर ०६ मिनेट उप्रान्त तैतिल,रातको ०४ बजेर ४२ मिनेट उप्रान्त गर । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–बृष,बेलुकी ०९ बजेर ४१ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी ०९ पला । धानकोटमा माहालक्ष्मी यात्रा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। मान-सम्मान प्राप्त हुनेछ। समय राम्रो रहेकोले सानो प्रयासले महत्वपुर्ण उपलब्धि हासिल हुँनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लगानिमा अवसर आउँनेछन् । खनिज पदार्थ तथा बिलाशी बस्तु व्यापारको लागि आजको समय उत्तम रहेकोछ । माया प्रेममा देखिएका तित्तताहरुलार्ई चिर्दै बिश्वासबो बाताबरण सिर्जना गर्न सकिनेछ । अध्ययनमा उल्लेख्य सुधार हुने तथा नतिजामो नजिक पुग्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कन्भिन्स गर्ने पावर बढ्ने हुँनाले अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । इच्छाशक्ति बढ्नाले कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो रहनेछ तापनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ। कलात्मक तथा सिर्जनात्मक कामबाट सकारात्मक नतिजा निकाल्न सकिनेछ भने गित संगित तथा चलचित्र क्षेत्रमा समय दिनेहरुका लागि फरक बिषयबस्तुमा भुमिका निर्बाह गर्नुपर्ने हुँनसक्छ । खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय लगानि गर्दानि उत्कृष्ट नतिजा आउँदा खुसिले उँचाई नाघ्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा अबिश्वास बढ्नेछ भने घर परिवार तथा आफन्तजन सँग राय बाजिनेछ । आर्थिक अभावमा बिभिन्न अवसरहरु गुम्नेछन् भने व्यापार व्यावसायमा समय लगानि गरेपनि आम्दानि कमनै हुनेछ । परिस्थितिले खर्च निम्त्याए पनि विशेष पुण्यकर्म सम्पादन हुनेछ। लामो यात्रा अथवा रमाइला ठाउँहरूको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ। पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनुका साथै मनको डर उत्साहमा रूपान्तरित हुनेछ। आलोचकहरूले कमजोरी औंल्याउने हुँदा विशेष ध्यान दिनुहोला। संकट टर्नेछ तर खर्च बढ्नाले रकम सञ्चय गर्न नसकिएला।बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सुझाबलाई हुँबहु लागु गरेर अगाडि बढे केहि मात्रामा लाभ हुनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा पद प्राप्तिको योग रहेकोछ । सरकारि धन सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरु दिल खोलेर राख्न सकिनेछ । नयाँ काम र आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा सामान्य र नोकरी तथा व्यापारमा प्रशस्त लाभ हुने योग छ। सञ्चित रकमको उपयोगले पनि फाइदै दिलाउनेछ। देश–विदेशमा मान–सम्मान पाइने समय छ। उच्च मनोबलका साथ काम गर्न सकिने हुँदा ईच्छा आकाक्षा तथा मनोकामना पुरा हुँने समय रहेकोछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। तापनि भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मेहनतले नाम, दाम र इनाम दिलाउनेछ। रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ। तर आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। काम गर्ने सवालमा सहकर्मिहरुबाटनै असहयोग हुने हुँदा काम बिग्रने तथा मान सम्मानमा दाग दाग्न सक्छ ध्यान दिनुहोला । घर परिवार भित्रकै मानिसहरुले तपाईको नराम्रो कुराहरुको प्रचारबाजी गर्दै हिड्नेछन् । अध्ययन अध्यापनमा प्रशस्त समय खर्चिय नतिजा आफैतर ल्याउँन सकिनेछ । व्यापार व्यावसायमा लगानि गरि नाँफा कमाउँन केहि समय पर्खनु पर्नेछ भने गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रयत्न गर्दा बिभिन्न अवसरहरु प्राप्त हुनेछन् भने व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । बिवादित बिषयहरु ह्ल भएर जाने तथा पुराना समस्याअरु केहि भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ। सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ। धन तथा ज्ञानको भण्डार बढ्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। विशेष जिम्मेवारी हात पार्ने मौका छ। नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ । समाजिक काम गर्ने वाताबरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेममा एक अर्कालाई बिश्वास गर्न सकेमात्र दिन रमाईलो हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। परिबन्धले समस्या निम्त्याउन सक्छ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ। खानपिनमा ध्यान नदिदा स्वास्थ्यमा समस्या देखा पर्न सक्छ । अरुतिरै ध्यान जादा वा अध्ययन अध्यापनमा समय दिन नसक्दा प्रतिष्पर्धिहरुभन्दा पछि परिनेछ । अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। स्वास्थ्यका लागि आराम र खानपानमा ध्यान पुर्याउनुहोला। सानो गल्ति गर्नाले ठुलो घाटा सहनु पर्नेछ भने नियम संगत काम नगर्दा दण्ड तिुर्नपर्ने हुन सक्छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) मनपरेको भौतिक बस्तु तथा बिलाशि बस्तुहरुको प्रयोग गर्न पाईने हुँदा मन प्रफुल्लित हुनेछ । व्यापारको शिलशिलामा लामो दुरियो उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ भने व्यापार बिस्तार गरि मनग्गे आम्दानि गर्न सकिनेछ । जीवनसाथि तथा आफ्नो बिषेश मानिसको सहयोगले आम्दानिको दायरा बढाउँन सकिनेछ । परिवेश उल्लासमय रहे पनि बाध्यतासामु निरीह बन्नुपर्ला। प्रतिष्ठा एवं लोकाचारका लागि अनावश्यक खर्च बढ्न सक्छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। अध्ययन तथा अध्यापनमा तपाईले गरेको लगानिबाट सार्थक नतिजा आउँनाले मन प्रशन्न हुनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) गोप्यता भङग हुन सक्छ ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । बादबिाद,बिद्या तथा प्रतिश्पर्धामा आजको दिन भाग नलिनु नै राम्रो रहनेछ । छिमेकिहरुले भाजो हालेर तपाईको घर परिवारमा झगडा गराउँन अनबरत लागिरहनेछन् ख्याल गर्नुहोला । कर्मको फल अरुले नै खान सक्छन् होस गर्नुहोला । परिवेश उल्लासमय रहे पनि बाध्यतासामु निरीह बन्नुपर्ला। प्रतिष्ठा एवं लोकाचारका लागि अनावश्यक खर्च बढ्न सक्छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइ लेखाइमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ । शैक्षिक परामर्श तथा चेतनामुलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसहरुलाई शिक्षाको पहुचमा जोड्न सकिने छ । शुभचिन्तकहरूले साथ दिनेछन् भने मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ । परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुँने हुँनाले समस्याका पर्खालहरु आफै ढल्नेछन् ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफ्नो भन्दा अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम थाति रहनेछन् । मान्यजनसँग असमझदारी बढ्नेछ भने हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। मिहिनेतले फाइदा दिलाउनेछ। बुद्धिको उपयोगले जटिल ठानिएको काम सम्पादन होला। आजको कामबाट दिगो फाइदा हुनेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। साथीभाइ र आमाको सहयोग लिँदा काम सम्पादन हुन सक्छ। सामाजिक तथा राजनितिक बिषयहरुको उठान आज नगर्नु नै उचित हुनेछ किनकि त्यस्ता बिषयसँग सम्बन्धित मुद्दाहरु आज किनारा लाग्ने छैनन् । घरजग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट सन्तोषजनक नाफा कमाउँन सकिनेछ । आधुनिक कृषि प्रणालि तथा पशुपालन व्यावसायमा लगानि गर्न सके आम्दानि बढाउँन सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) केही संघर्ष गर्नुपरे पनि राम्रो फाइदा उठाउन सकिनेछ। सहयोगीहरूले हात झिक्नाले केही समस्या भने बढ्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ, सजग रहनुहोला। व्यावसायिक काममा भने राम्रै लाभ उठाउन सकिनेछ। अन्धबिश्वासले मनमा गतिलो डेरा जमाउँने हुँदा मनोबल कमजोर रहनेछ । लेखन तथा साहित्यमा सुरु गरिएका कामहरु थाति रहनेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ । यात्रा हुने भएपनि यात्राका क्रममा दुख हुन सक्छ ध्यान दिनुहोला । दाजुभाई तथा छिमेकिसँग कुनैपनि कारोबार गर्दा ध्यान दिनुहोला बिवाद बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्खनुनै उचित हुनेछ । नयाँ काममा हात हाल्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। तर, प्रतिस्पर्धीहरूले सताउन सक्छन्।infonp बाट सभार
(राशिफलमा जे – जस्तो भए पनि सबैको दिन सुखमय रहोस् । ईश्वर दाहिना रहुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ॐ शान्ति ! ! ) तपाईको दिन शुभ रहोस् ।
