सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

जान्नुहाेस, निलो दाग बो क्सी ले रग त चुसेर देखिएकाे हाे त ?

79
Sana Kishan

मानिसकाे शरिरमा निलाे दाग देखा पर्याे भने बाेक्सिकाे आराेप लगाउने गर्छन् । के साँच्चै बाेक्सिले टाेकेकाे हाे त ? कहिले काहिँ देखिने याे दाग के हाे र यसले दुख्छ ? यस्तो दाग र चोट किन लाग्छ ? भन्ने बिषयमा आज हामिले केहि जानकारी दिदैछाैँ ।

हाम्राे समाजमा बोक्सीले रगत चुसेर यस्ताे दाग आएकाे भनिन्छ, तर याे हाम्राे अन्धबिश्वास मात्र हाे । धेरै जस्ताे महिलाको पाखुरा र खुट्टामा यस्तो दाग देखियो भने हाम्राे समाजमा बोक्सीले चुसेको भन्छन् । तर, धर्म शास्त तथा बैज्ञानिकले पनि बाेक्सि छ भनेर कुनै गिनिज बुकमा पृष्टि गर्न सकेका छैन्न ।तर, चिकित्सकहरु शरीरमा निलो दाग हुनुकाे ८ ओटा कारणल देखिन सक्छ, जान्नुहाेस्ः

Arus

छालामा चोटः छालामा चोट लाग्याे भने याे दाग देखिन्छ र चाेट जुनसुकै ठाँउमा पनि जहाँ चाेट लाग्याे त्यहि देख्छ । कहिलेकाँही आफ्नै शरीरको भागले अर्को भाग थिच्दा पनि यस्ताे देखिन्छ । यसरी चोट लाग्दा शरीरका रक्त धमनिमा असर पुग्न जान्छ, त्यसैले हाम्राे शरिरमा निलाे दाग देखिएकाे हाे ।

Nepali Khaja

खानामा पोषण तत्वको कमिः रगत जम्न र रगतका धमिनिमा लाग्ने चोटहरु भर्नका लागि हाम्रो शरीरलाई केही भिटामिन र मिनरलको आवश्यकता पर्छ । खानामा यस्तो भिटामिन र मिनरल प्राप्त हुने चिजहरु जस्तै भिटामिन ‘के’ले रगत जम्न मद्दत गर्छ भने भिटामिन ‘सी’ले त्वचा र रक्त धमनिमा चोट लाग्नबाट बचाउँछ । यस्तै जिंक र आइरनजस्ता मिनरलले चोटलाई छिट्टै निको पार्न मद्दत गर्छन् ।

Karnali Traders

क्यान्सर र किमोथेरापीका कारणः क्यान्सरपीडित र नियमित किमोथेरापी गर्नुहुन्छ भने पनि शरीरमा निलो दाग देखिन्छ । यस्तो यसकारण हुन्छ कि किमोथेरापी गर्दा ब्लड प्लेट्सहरु धेरै तल आउने गर्छन् । ब्लड प्लेट्सहरु तल आउँदा शरीरमा निलो दाग देखिने गर्छ ।औषधी सेवनका कारणः केही औषधि र सप्लिमेन्ट्स प्रयोग गर्दा पनि शरीरमा निलो दाग देखिन सक्छ । वार्फरिन र एस्प्रिन जस्ता रगतलाई पातलो बनाउने औषधि सेवन गर्दा शरीरमा निलो दाग देखिन्छ । यस्तै माछाको तेल, लसुन जस्ता केही प्राकृतिक सप्लिमेन्ट्सहरु अधिक सेवन गर्दा पनि शरीरमा निलो दाग देखिन्छ ।

बढ्दो उमरका कारणः बढ्दो उमेर र बुढ्यौलीका कारणले पनि तपाईंको शरीरमा निलो दाग देखिन्छ । बढ्दो उमेरसँगै रगतका धमिनिहरु कमजोर हुने भएकाले बढ्यौलीका कारण शरीरमा निलो दाग देखिन्छ ।थ्रम्बोफिलियाको समस्याका कारणः थ्रम्बोफिलिया रगत जाम हुने एक प्रकारको समस्या हो । यसले रक्त प्रवाहमा असर पुर्याउने गर्छ । यसलाई ब्लिडिङ डिसअर्डर पनि भनिन्छ, जसका कारण ब्लड प्लेट्सहरु धेरै कम हुन्छ । ब्लड प्लेट कम हुँदा शरीरमा निलो दाग देखिन्छ ।

वोन विलिब्रान्ड रोगका कारणः वोन विलिब्रान्ड रोग एक यस्तो अवस्था हो, जसमा अत्यधिक र विस्तारित मात्रामा रक्तश्राव हुने गर्छ । यो रोग वोन विलिब्रान्ड नामक प्रोटिनको स्तरमा रगतको कमिका कारण लाग्ने गर्छ । यो समस्याबाट पीडित व्यक्तिको शरीरमा सामान्य चोट लाग्दा पनि शरीरमा ठूला निलडाम देखिने गर्छ ।khabarpatrikanp बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.