सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यूकेमा ९ सय बढीलाई रोजगारी दिदै ७ मिलियनको टर्नओभर गर्न सफल बने योगेन क्षेत्री

लण्डन । बेलायतमा बिगत दुइ दसक देखि क्लिनिङ्ग सेवा प्रदान गर्दै आएका नेपालको स्थाई घर म्याग्दीका योगेन क्षेत्रीको वाईबीसी कम्पनीले दिएको उत्कृष्ट सेवाबाट ग्राहकहरु खुसी छन् । पूर्व गोर्खा समेत रहेका एनआरएनए अभियन्ता क्षेत्रीले १९९६ मा वाईबीसी शुरु गरेका थिए । उनको कम्पनीले बेलायत स्थित स्कुल,अफिस कार्यालयहरुको सरसफाइमा कम्पनीले अत्यन्तै छिटो र उत्कृष्ट सेवा दिदै आएको छ ।

विशेष गरी कोभिड १९ महामारी शुरु भएपछि उनको कम्पनीले दिएको निसंक्रमीकरणको सेवा निकै लोकप्रिय बन्न सफल भएको उल्लेख गर्दै क्षेत्रीले सामाजीक संजालमा आफ्नो पोष्ट सर्वजनिक गर्दै लेखेका छन्, ।

वाईबीसी कम्पनीले दिएको सर्भिस अन्तर्गत ‘कहिँकतै आउटव्रेक देखियो भने हामी यूकेमा सबैभन्दा छिटो पुगेर डिसइन्फेक्ट गर्ने कम्पनी भयौँ,’ उनले भने । वाईबीसीले भाइरस प्रभावित भएका क्षेत्रहरुमा हालपनि निसंक्रमण गर्ने काम गरिरहेको र ‘विद्यालयहरुमा कोभिड १९ आउटव्रेक भएको समयमा सबैभन्दा चाँडो पुगेर डिसइन्फेक्ट गर्ने कम्पनी बनेको छ’ उनले बताए ।

World Link Ads
Mahakali Polytechnic

कडा परिश्रम, इमान्दारिता र विश्वसनीयता सहित उच्चस्तरीय सेवा दिइरहेको र आफ्ना ८५ प्रतिशत ग्राहकहरु अरुले सिफारिस गरेकै आधारमा आफ्नो कम्पनिको शेवा लिदै आएको क्षेत्रीले बताए ।’अनुभव, ज्ञान र क्षमताको आधारमा सेवा प्रदान गर्ने गरेका छौँ’, उनले भने, ‘उच्चस्तरीय सेवा प्रदान गर्न हामीले प्रयोग गरेका नयाँ इनोभेसनले पनि ग्राहकको अपेक्षा भन्दा पनि बढी सेवा दिन सकेका छौँ।’

अल्डरशटमा प्रधान कार्यालय रहेको वाइबीसी बेलायतकै एक आत्मनिर्भर कम्पनी बन्न र बनाउन सफल भएकोमा उनी गर्व गर्छन । कम्पनीले हाल ९ सय भन्दा बढीलाई रोजगारी दिएको उल्लेख गर्दै लण्डन नेपाल न्यूजसंग कुराकानीमा सञ्चालक क्षेत्रीले सधैं उत्कृष्ट सेवा दिनको निम्ती आफ्नो कम्पनी कटिवद्ध रहेको बताए । एनआरएनए यूकेका पूर्वअध्यक्ष समेत रहेका उनले एनआरएनएलाई एक उचाइमा पुरयाउन आफुले उल्लेखनिय भूमिका खेलेको स्मरण गरे । तत्कालिन उनले आफ्नो कार्यकालमा एनआरएनए युकेकै ठूलो प्रोजेक्टको रुपमा म्याग्दीमा वृद्धाश्रम बनाएका थिए । ‘मेरो कार्यकालमा बनाएको वृद्धाश्रमले धेरै आमाबाबुलाई सजिलो भएको छ,’ उनले भने, ‘त्यहां बस्नुहुने आमा बा हरुले दिएको आशिर्वाद सधैं बोकेर हिडेको छु।’

सर्भिस एक्सेलेन्स अवार्ड’

Sana Kishan

बेलायत जस्तो अत्यन्त कडा प्रतिस्पर्द्धा हुने मुलुकमा व्यवसाय सञ्चालन गरेर व्यवसायी योगेन क्षेत्री ‘सर्भिस एक्सेलेन्स अवार्ड’ प्राप्त गर्न सफल भएका छन् । ‘दि इन्सपायर विजनेश अवार्डस्’ अन्तर्गत उनको कम्पनी वाइबीसी क्लिनिङले सर्भिस एक्सेलेन्स् अवार्ड पाएको हो । नर्थ ह्याम्पसायर क्षेत्रमा सञ्चालित विभिन्न व्यवसायमध्येबाट उत्कृष्ट सेवा प्रदान गर्ने कम्पनीलाई विशेष समारोहबीच सो अवार्ड दिइन्छ ।

बेलायतको अल्डरसटस्थित रसमोर बरो काउन्सिलका काउन्सिलर प्रवेश केसी उनका आफ्ना भाई हुन्

सन् १९९६ मा स्थापित वाइबीसी क्लिनिङमा हाल ९ सय जति कामदार छन् भने यसको वार्षिक टर्नओभर ७ मिलियन पाउण्ड छ । कैयौं मल्टिमिलिनेयरहरुलाई पछार्दै सो प्रतिष्ठित अवार्ड पाएपछि क्षेत्रीले प्रसन्नता व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्न र व्यवसाय विस्तारमा उत्प्रेरणा मिलेको बताए ।

अल्डरसट क्षेत्रमा नेपालीको संख्या बढिरहंदा सोही क्षेत्रका वासिन्दा लाई क्षेत्रीले सयौंलाई रोजगारीमात्र होइन, उत्कृष्ट सेवा समेत दिएर सो अवार्ड पाएपछि नेपाली समुदाय समेत गौरवान्वित बनेको छ ।दुई दसक बढी बेलायतमा बस्दै आएका क्षेत्री समाज सेवामा समेत उत्तिकै सक्रिय छन् ।

धेरै मानिसहरुले सोच्ने गर्छन कि कुनै प्रतिभा भए मात्र जीवनमा सफलता मिल्छ तर, खासमा यस्तो हुँदैन,सफल हुनको निम्ती अवसर चाहिने भन्दै उनले कोभिड १९ महामारीको निराकरण भएसंगै विना लगानी आम्दानी गर्न सक्ने किसीमको व्यवसाय गर्ने गरी हाल योजना बनाइरहेको समेत बताए।

यसै बीच उनले अनलाईन भोटिडं सिस्टमको लागी सफ्टवेयर कम्पनी अगाडी ल्याउन लागेको बताउदै यस सिस्टमबाट धेरै कामहरू गर्न सकिने र लाखौंव्यक्ति एकै घण्टामा विश्वभर बाट मतदान गर्न सक्नेछन् जुन सत प्रतिशत पारदर्शी र सटिक हुनेछ र परिणाम पनी एकै घण्टामा बाहीर ल्याउन सकिने सफ्टवेयर समेत आएको क्षेत्रीले बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.