सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

नेपाल प्रजातान्त्रिक महासंघको सूचना, प्रविधि तथा प्रचार विभाग कञ्चनपुरको संयोजकमा भट्ट

90
Sana Kishan

हरिश्चन्द्र बाग, कञ्चनपुर, १४ मंसिर । नेपाली काँग्रेसको शुभेच्छुक संस्थाका रुपमा स्थापित नेपाल प्रजातान्त्रिक महासंघले सूचना, प्रविधि तथा प्रचार विभागको सुदूरपश्चिममा संगठन विस्तार कार्य तीब्र पारेको छ । महासंघले सुदूरपश्चिमको कञ्चनपुर जिल्लामा नेपाल प्रेस युनियन कञ्चनपुरका सचिव मनोज भट्टलाई सूचना तथा प्रचार विभाग संयोजक र सचिवमा पप्पु गुरुङलाई जिम्मेवारी दिएको छ । त्यसैगरी सदस्यहरुमा प्रेस युनियन कञ्चनपुर शाखाका सदस्यहरु वीर बहादुर सिंह, ऐश्वर्य कुँवर र जय बहादुर ऐरलाई जिम्मेवारी दिइएको महासंघकी केन्द्रीय सदस्य एवं सूचना, प्रविधि तथा प्रचार विभाग प्रमुख रोजी ढकाल पराजुलीले बताउनु भयो ।

Karnali Traders

Arus

नेपाल प्रजातान्त्रिक महासंघले आफ्नो संगठन सबै जिल्ला र तहहरुसम्म विस्तार गरी पार्टीलाई बलियो बनाउन भुमिका निर्वाह गर्ने नीति अनुसारनै सुदूरपश्चिममा पनि विभागको विस्तार थालिएको प्रदेश संयोजक दीपेन्द्र बस्नेतले जानकारी दिनुभएको छ । उहाँका अनुसार, हालसम्म बझाङ, दार्चुला, बैतडी, डडेल्धुरा, बाजुरा र कञ्चनपुरमा विभागको शाखा विस्तार गरिएको छ भने बाँकी रहेका अन्य जिल्लाहरुमा पनि केही दिन भित्रै शाखा विस्तार गरिने छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.