

कञ्चनपुर– पुर्वपश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत कञ्चनपुरको दैजीमा आईतबार भएको सडक दुर्घटनामा नेपाल प्रहरीका हवल्दारको मृत्यु भएको छ। शुक्लाफांटा नगरपालिका घर भई झोलुगें प्रहरी चौकिमा कार्यरत हवल्दार राम बहादर विष्टको घटनास्थलमै मृत्यु भएको हो।

लु १२ प ५१५ नम्वरको मोटरसाईकलमा कार्यलय तर्फजांदै गरेका विष्ट सवार मोटरसाईकललाई बिपरित दिशाबाट आई रहेको से १ क १४०६ नम्बरको ट्कले बेदकोट नगपालीका १ चम्पापुरीमा ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार प्रहरीले दुर्घटना गराउने ट्क र त्यसका चालक यज्ञराज भट्टलाई नियन्त्रणमा लिएको छ। Mahendranagarpost बाट सभार
