सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जा’डोमा ता’तो तातो गु’न्द्रुक खानुको कति धेरै फाईदाहरु

दुः’ख वा अभा’वको खान्की भनिन्थ्यो, गुन्द्रुकलाई । तर, अहिलेका पुस्ता गुन्द्रुक भनेपछि हुरुक्कै हुन्छन् । त्यसो त अहिले हाम्रो मेनुमा विश्वकै खानेकुरा उपलब्ध छ । रेष्टुरेन्ट खुलेको बखत थाइल्यान्डको तोमयाम सुपदेखि बेइजिङको बेइजिङ डकसम्म खान सकिन्छ । जापानी शुशीदेखि भियतनामी फसम्म चाख्न सकिन्छ । तर, भटमास, गोलभेडा मिसाइएको गुन्द्रुकको झोलको त’लतल कहाँ मेटिन्छ ? त्यसैले त कतार–मलेसियादेखि युरोप–अमेरिकासम्मका नेपालीहरुले कोसेलीको रुपमा गुन्द्रुक बोक्ने गरेका छन् । गाउँघरदेखि शहरका तारे होटल र सुपरस्टोरहरुमा गुन्द्रुक उपलब्ध हुन्छ । गुन्द्रुक गुणी खान्की पनि हो । गुन्द्रुकले न तपाईंको श’रीरभित्र वि’कार पैदा गर्छ, न वा’यु । बरु पे’ट सफा राख्छ । त्यसबाहेक पनि अरु पौष्टिक तत्व गुन्द्रुकमा पाइन्छ । अर्को कुरा, यो नितान्त हाम्रो मौलिक खा’न्की पनि हो । हाम्रा पूर्खाहरुको खा’नपान चेत र सीप पनि यसमा मिसिएको छ । हरियो सागपातलाई घाममा ओइलाएर बनाउने गुन्द्रुक लामो समय भण्डारण गरेर खान सकिन्छ । अहिले सर्वत्र लक’डाउन छ । अधिकांश घरमा बसेका छन् । यस्तो बेला छिटो मीठो परिकारको रुपमा गुन्द्रुकको झोल बनाएर खाने कुरा त छँदैछ, फुर्सदको क्षणमा आफैले गुन्द्रुक बनाउन पनि सकिन्छ । यतिबेला सागपात प्रशस्तै पाइन्छ । गुन्द्रुक बनाउन कतिपनि गाह्रो छैन । खाँचो त मात्र जाँगरको छ । यदि जाँगर छ भने अहिले गुन्द्रुक बनाउन सकिन्छ । यसलाई पछिसम्म भण्डारण गरेर जि’ब्रोको स्वाद फेर्न सकिन्छ ।

Sana Kishan

कसरी बनाउने गुन्द्रुक ? धेरैलाई थाहा हुनुपर्छ गुन्द्रुक बनाउने काइदा । रायोको साग, तोरीको साग आदि थुप्रै किसिमको सागलाई सफा पानीले राम्ररी पखाल्ने । त्यसलाई घाममा ओइ’लाउन दिने । यसरी ओइ’लाएको सागलाई कु’टेर बाँसको ढुंग्रो, भाँ’डो वा प्लाष्टिकको बोत्तलमा समेत राम्ररी खाँ’देर राख्नुपर्छ । उक्त ढुं’ग्रो वा बो’त्तलबाट हावा समेत नजाने हिसा’बले बि’क्रो लगाउनुपर्छ । अब त्यसलाई न्यानो वा घाम लाग्ने स्थानमा राख्नुपर्छ । बिहान थोरै मन’तातो पानी राख्नुपर्छ । केही दिनपछि गुन्द्रुकको ति’ख्खर बस्ना आउँछ । अमिलो हुन्छ । अब गुन्द्रुकलाई भाँ’डोबाट निकालेर घाममा सुकाउनुपर्छ । यसरी सजिलैसँग बनाइने गुन्द्रुक महिनौंसम्म राखेर सेवन गर्न सकिन्छ ।के पाइन्छ गुन्द्रुकमा ? गुन्द्रुकमा फ’लाम तत्व प्रशस्त पाइन्छ, जो हाम्रो श’रीरलाई आवश्यक हुन्छ । त्यससँगै गु’न्द्रुकमा ४८ प्रतिशत कार्बो’हाइड्रेट, ४९ प्रतिशत प्रो’टिन र ३ प्रतिशत चि’ल्लो प’दार्थ हुने बताइन्छ । हरियो सागबाट बनाइने भएकाले यसमा भिटामिन ए, सी पाइन्छ । गुन्द्रुकले पाचन क्षमता बढाउँछ । रेसायुक्त हुने भएकाले यसले कब्जियतका रोगीलाई अरु फाइदा गर्छ । गुन्द्रुकले खासगरी पे’टलाई स’फा राख्न मद्दत गर्छ । गु’न्द्रुकको झोलसँग भात खाएको बेला पे’ट हल्का महसुष हुन्छ । पे’टको स’मस्या भएकाहरुलाई अति उपयोगी हुन्छ गुन्द्रुकको झोल । को’लोस्टोरको स’मस्या भएकाहरुले पनि गुन्द्रुकको सेवनबाट ला’भ उठाउन सक्छन् ।

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.