

लाल ब. एस के , कंचनपुर
गृहनगरी पुगेपछि खानेपानी मन्त्री बिना मगरले निर्वाचन क्षेत्रका विकास निर्माणका योजनाको स्थलगत अनुगमन एव जनतासंग भेटघाटमा व्यस्त छिन । शनिबार खानेपानी मन्त्री तथा निर्वाचन क्षेत्र नम्बर १ की प्रतिनिधी सभा सदस्य बिना मगरले बेलौरी क्षेत्रका योजनाको अनुगमन गरेकी हुन ।
मन्त्री मगरले बेलौरीका भौतिक पुर्वाधार सहितका योजनाको अनुगमन गरेकी छिन । मन्त्री नगरलाई बेलौरीको नेपाल मानव धर्म सेवा समिति उपशाखा बेलौरी, बौद्धविहार समितिले मन्त्रीको स्वागत गरेका छन ।
शनिबारै मन्त्री मगरले पुनर्वासको श्री जनशक्ति आधारभूत विद्यालयको समेत अनुगमन गरेकी हुन । निर्वाचन क्षेत्रको दिगो विकास र सम्बृद्धिका लागि मन्त्री मगरले निर्वाचन क्षेत्रमा रहेका योजनाको स्थलगत अनुगमन एव जनतासग भेटघाट गरिरहेकी हुन ।
थप विकास निर्माण र जनतासंग चुनावका बेला गरेका बाचा अनुरुप मन्त्री मगरले पार्टीका नेता कार्यकर्तासंग समेत भेटघाट गरिरहेको मन्त्रीका स्वकीय सचिव दिपक तिमलसीनाले बताए ।
