सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कपाल लामो र बाक्लो बनाउन चाहनुहुन्छ ? प्रयोग गर्नुहोस् यी घरेलु उपाय

काठमाडौँ । भनिन्छ, महिलाको सौन्दर्य उसको कपालमा पनि हुने गर्दछ। लामो, कालो, मुलायम कपाल बनाउने धेरेको चाहना हुन्छ।यही चाहनालाई पुरा गर्नका लागि विभिन्न किसिमका हेयर केमिकलको प्रयोग समेत गर्ने गछौँ । यस्ता विभिन्न केमिकलको प्रयोगले कपाल बढ्नुको साटो उल्टै झर्ने समस्या थपिन सक्छ।त्यसै जति सक्यो घरेलु उपाय अप्नाउनु निकै उत्तम मानिन्छ। आज हामी तपाईलाई कपाल लामो, बाक्लो र मुलायम बनाउने घरेलु उपायका बारेमा जानकारी दिदैछौँ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

कपाल लामो बनाउन यी घरेलु उपाय अप्नाउनुहोस्

World Link Ads
Mahakali Polytechnic

मसाज :
तेल मसाज कपाललाई लामो गर्ने सबैभन्दा राम्रो प्राकृतिक उपाय हो । मसाज गर्नुभन्दा पहिले तेललाई हल्का तताउनुहोस् र मसाज गर्नुहोस् । मसाजबाट कपाललाई पोषण प्राप्त हुन्छ ।

Dirghayu Ads
Sana Kishan

२. अण्डा :
अण्डाको सेतो भागमा थोरै जैतूनको तेल वा मह हालेर राम्रोसँग फिट्नुहोस् र यसलाई कपालमा लगाए एक घण्टासम्म छोडिदिनुहोस्। त्यसपछि यसलाई स्याम्पु लगाएर राम्रोसँग नुहाउनुहोस् । यसो गर्नाले कपाललाई चाहिने आवश्यक पोषक तत्व पूर्ती हुन्छ र कपाल राम्रोसँग बढ्छ।

३. मेहेन्दी :
एक कप मेहेन्दी पाउडरमा आधा कप दही मिसाएर करिब २ घण्टा यत्तिकै छोडिदिनुहोस्। त्यसपछि यसलाई टाउकोमा लगाउनुहोस् र सुकेपछि पखाल्नुहोस् । मेहेन्दी लगाउँदा कपाल बलियो र बाक्लो हुने गर्दछ।

४. अमला :
अमलामा क्यारोटिनायडजस्ता पोषक तत्व हुने भएकाले यसले कपाललाई बढ्न सहयोग गर्दछ । अमलाको जूसलाई हप्तामा एक पटक कपालमा लगाउँदा कपाल तीब्र रुपमा बढ्ने गर्दछ ।

५. आलूको रस :
आलूले कपाललाई निकै छिटो बढ्न सहयोग पनि गर्दछ । नुहाउनुभन्दा पहिले टाउकोमा आलूको रस लगाउनुहोस् त्यसपछि १५ मिनेछ पछि कपाल पखाल्नुहोस्। आलूमा पाइने भिटामिनले तपाईंको कपाललाई लामो, बाक्लो र बलियो बनाउँछ।

६. मेथी :
मेथीलाई पिन्नुहोस् र त्यसमा थोरै पानी हालेर पेष्ट बनाउनुहोस् । यसलाई कपालमा लगाएर आधा घण्टासम्म छोडिदिनुहोस् र पानीले पखाल्नुहोस् । यसले कपाल तिब्र रुपमा बढ्छ र कपालको चायाँ छ भने पनि हट्छ।wowsansar बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.