सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अत्तरिया–धनगढीको औद्योगिक करिडोरको गुरुयोजना तथा डीपीआर निर्माणको प्रक्रिया शुरु

 

अत्तरिया –अत्तरिया–धनगढीको औद्योगिक करिडोरको गुरुयोजना तथा डीपीआरका निर्माणको प्रक्रिया अघि बढेको छ । सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लामा पर्ने उक्त क्षेत्रमा योजनावद्ध औद्योगिक विकासका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गुरुयोजना तथा विस्तृत सम्भाव्यता अध्ययनका लागि प्रक्रिया अघि बढाएको हो ।

मन्त्रालयले यसअघि सो औद्योगिक क्षेत्रको गुरुयोजना निर्माण गरी त्यसको डीपीआर तयार गर्नको लागि इच्छुक परामर्शदाता कम्पनीसँग आशयपत्र मागेको थियो । यसका लागि १५ वटा परामर्शदाता कम्पनीले आवेदन दिएका थिए । ती कम्पनीमध्येबाट ४ जनालाई सर्टलिष्ट गर्दै मन्त्रालयले शुक्रबार डीपीआरका लागि एक महिनाभित्र प्रस्ताव पठाउन भनेको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

मन्त्रालयले असोजमा त्यस्तो आशयपत्र माग गरेको थियो । आशयपत्र पेश गरेकामध्ये ३ देखि ६ वटा परामर्शदाता कम्पनीलाई छनौट गर्नुपर्ने सार्वजनिक खरिद ऐनको व्यवस्था बमोजिम मन्त्रालयले ४ वटा कम्पनीलाई छनौट गरेर प्रस्ताव माग गरेको हो ।

Dirghayu Ads

छनौटमा पर्नेमा इकोकोडीई नेपाल, नेस्ट–पिकास्को, मल्टिी पारागन र टीएईसी–एफसीबी नामक कम्पनीहरु परेका छन् । चालु आर्थिक वर्षभित्र डीपीआर तयार गरेर अर्को वर्षदेखि पूर्वाधार निर्माणको काम थाल्नेगरी मन्त्रालयले तयारी अघि बढाएको हो ।godawarinews. बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.