सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

भोलि चिनियाँ रक्षामन्त्री आउँदै, परराष्ट्रद्वारा सार्वजनिक

76
Sana Kishan

काठमाडौं, मंसिर १३ ।  चिनियाँ रक्षामन्त्री एवं पहिलो बरियताका स्टेट काउन्सिलर जनरल वेइ फेङ्गे औपचारिक भ्रमणका क्रममा आइतबार नेपाल आउदै हुनुहुन्च । उहाको भ्रमणबारे शनिबार बिहान परराष्ट्र मन्त्रालयले औपचारिकरुपमा घोषणा गरेको हो । पछिल्लोपटक भारतबाट उच्च सुरक्षा अधिकारीहरुको भ्रमण भएलगत्तै चीनबाट पनि रक्षामन्त्रीको नेपाल भ्रमण हुन लागेको हो । कोभिड १९ को विश्वव्यापी महामारीपछि नेपाल आउन लागेका जनरल वेइ सबैभन्दा वरिष्ठतम चिनियाँ अधिकारी हुनुहुन्छ । उहाँ नेपाल भएर बंगलादेश र पाकिस्तानको भ्रमणमा जाने कार्यक्रम छ । स्रोतका अनुसार उहा आइतबार नेपालको भ्रमण सकेर बंगलादेश जाने कार्यक्रम छ । उहाले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता समेत गर्नुहुनेछ । रक्षामन्त्री वेई नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापनाको ६५ औं वर्षगाँठ मनाउने सिलसिलामा नेपाल भ्रमण गर्न लाग्नु भएको हो ।सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

Karnali Traders

उपप्रधानमन्त्री एवं निवर्तमान रक्षामन्त्री ईश्वर पोखरेलले २०७५ कात्तिकमा चीनको औपचारिक भ्रमणका क्रममा रक्षामन्त्री वेइसँग द्धिपक्षीय वार्ता गरेका थिए । त्यही बेला चिनियाँ रक्षामन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा थियो । त्यसपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि रक्षामन्त्रीका तर्फबाट नेपाल भ्रमणका लागि स्मरण गराएका थिए ।परराष्ट्र मन्त्रालय र रक्षामन्त्रालयले चिनियाँ रक्षामन्त्रीको भ्रमणको तयारी तीब्र पारेका छन् ।जनता टाइम्स बाट सभार

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.