सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

कञ्चनपुरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा खसेर २ जनाको मृत्यु

267
Sana Kishan

कञ्‍चनपुर — भीमदत्त नगरपालिका–२ महोलियामा सेप्टिक ट्यांकी सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ । शुक्रबार राति ट्यांकी सफा गर्ने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको निसास्सियर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका १८ सालघारीका ४० वर्षीय घुम्मन राना र बेलौरी नगरपालिका घर भई भीमदत्त नगरपालिका ४ जनज्योति टोलमा बस्ने २५ वर्षीय गणेश रानाको मृत्यु भएको हो ।

 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा अनुसार भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियामा स्थानीय सरस्वती भट्टको घरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा खसेर दुवै जनाको मृत्यु भएको हो । अहिले उनीहरुको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।setikalinews बाट सभार

Arus
Karnali Traders

 

Nepali Khaja
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.