

- विकास सिह महता / कञ्चनपुर, मंसिर
- वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै एक युवक मृत फेला परेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा नेपाल टेलिकमको तारमा घाँटी बेरिएको अवस्थामा युवक मृत फेला परेका हुन् ।
सिफारिस


- शुक्रबार बिहानै अन्दाजी ३०÷३५ बर्षिया युवक मृत भेटिएका हुन् । वडा प्रहरी कार्यालयदेखि पुर्वतिर करिब सय मिटर दुरीमा युवकको संस्कापद मृत्यु हुँदा समेत वडा प्रहरी कार्यालयप्रति नागरिक प्रशन गरिरहेका छन । २४सै घण्टा डिउटीमा खटिने वडा प्रहरीले घटना नदेखेको विषयमा स्थानीय शशकित भएका छन ।
- मृत भेटिएका युवकको पहिचान भएको छैन । चार पाँच पटक घाँटीमा तार बेरिएकाले प्रहरीले घटना संस्कापद हुनसक्ने भन्दै अनुसन्धानका लागि कुकुरबाट घटना स्थल परिक्षण गराउनका लागि तालिम प्राप्त कुकुर मगाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले घटना बिहीबार राती नै भएको हुनसक्ने बताए ।
- उनले मृतकको पहिचान नभएकाले कुकुर मार्फत परीक्षण गरिने बताए । घटना बारे अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय नजिकै जिल्लाको मुटुमा रहेका बजारमा यसरी नागरिक असुरक्षित भएको भन्दै स्थानीयले वडा प्रहरी कार्यालयप्रति अविश्वास व्यक्त गरिरहेका छन ।
