सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेड द्वारा मृत्युदावि रकम भुक्तानी

कञ्चनपुर

Sana Kishan

नेपालकै पहिलो र अग्रणि जीवन बीमा कम्पनी नेशनल लाईफ इन्सोरेन्स क. लि. महेन्द्ररनगर शाखााबाट आफ्ना तिनवटै छोराहरू पवन जोशी, भुवन जोशी र मिलन जोशीको बीमा अभिकर्ता मुन्नी पुजारा द्वारा समान बिमांक रकम रू. दुई लाख पचास हजारको बाल सावधिक बिमा योजना अन्तरगत बीमा गराउनु भएका प्रस्तावक बिमित बच्चाहरुका बुवा धर्मराज जोशीको यही असोज ६ गतेका दिन हृदयघातका कारण असामहिक निधन हुदा मृत्युदावि भुक्तानि वाफतको बिमांक रकम रू २ लाख ५० हजार का दरले हुन आउने जम्मा रकम रू. ७ लाख ५० हजार संरक्षक ज्योति बोहरालाइ एक कार्यक्रमका बिच हस्तान्तरण गरियो ।
साथै ३ वटै बिमालेखको बाकी अवधिको किस्ता (प्रिमियम) रकम मिनाहाको सुबिधा कम्पनीको नियमानुसार प्राप्त गर्नु भएको छ। उक्त रकमको चेक महेन्द्रनगर शाखाका शाखा प्रमुख नवीन किशोर भट्टले हस्तान्तरण गर्नु भएको छ। उक्त रकमको चेक हस्तान्तरण गर्दै जिवन बिमा ले भविष्यमा आइपर्ने जोखिम न्युनिकरण गर्न सहयोग गर्ने र बचतको बानिको बिकास हुने भएकाले जिवन बीमा सबैका लागि अपरिहार्य रहेको महेन्द्रनगर शाखाका शाखा प्रमुख नविन किशोर भट्ट ले बताउनुभयो। जीवन बीमा गर्नु भनेको जोखिम हस्तान्तरण का साथै भबिष्यका लागि बचत पनि हो। बिदेशतिर बच्चा जन्मने बित्तिकै जीवन बीमा गर्ने प्रचलन भए पनि हामी कहाँ अझै पनि जीवन बीमा गर्न धेरै सोच्ने बिचार गर्ने र बीमा गरिहाले पनि अप्ठ्यारो मानि मानि बीमा गर्ने चलन छ ।

यसको मुख्य कारण जनचेतना को कमि हो भन्नू हुन्छ एजेन्सि म्यानेजर तुलसि चन्द। बीमा गर्न हामिले दैनिक रुपमा गर्ने फजुल खर्चको कटौति बाट हुने बचतरकम ले नै पनि २/४ लाखको बिमा सहजै गर्न सकिन्छ , जुनकुरा हामिले बचत कसरी गर्न सकिन्छ भन्ने तरिका उहाहरुलाई सम्झाई दिनु पर्दछ भन्नुहुन्छ बीमा अभिकर्ता पुनम जोशि । बिमा बाचुन्जेल मात्रै होईन मरे पश्चात् पनि घरपरिवारका लागि आर्थिक रुपमा निकै सहयोगि साबित हुने गरेको कुरा बताउनु हुन्छ बिमित बसन्त राना।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.