सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बुढा र बुढीको कथा

344
Sana Kishan
Nawaraj Kalauni
                   बुढा र बुढीको कथा पहाडको कुनै एक गाउँमा दुई जना बुढाबुढी बस्ने हुन्छ्न। उनिहरुका तीन ओटी छोरी हुन्छ्न। तिनै जना छोरी जवान हुन्छ्न। उनिहरुको बिहेको समय आउँछ। जेठी छोरीको बिहे उनिहरुले बाघ सङ्ग गरिदिन्छ्न। माईलिको भालु र कान्छिको चील सङ्ग गरिदिन्छ्न। केही समय पछि बुढालाई छोरी भेट्न जाने सुर चढ्छ। सुरुमा जेठी छोरी भेट्न बुढा बाघको घरमा जान्छन। बाघ र छोरी उनलाई आएको देखेर खुसी हुन्छ्न र आज मीठो मीठो खुवाउने निधो गर्छन। बाघ मीठो खाने कुराको खोजीमा निस्किन्छ। कसैको गोठ भित्र पसेर बाघले एउटा बाख्रा घिसार्दै लिएर आउँछ र बुढिलाई पकाउन भन्छ। उनले पकाउछिन र बुवालाई खान दिन्छिन। आफू पनि खान्छ्न। बुढाले बाख्राको मासु खुबै मीठो मानी मानी खान्छ्न र सुत्छ्न। अर्को दिन बुढा घर फर्किन्छ्न। घर पुगिसके पछि बुढाले बुढिलाई भन्छ्न,”बुढी ज्वाइँ भनेका हाम्रो त बाघ रैछ्न । कति राम्रो स्वागत सत्कार गरे। बाख्राको कति मीठो मासु खुवाए बुढी। पेट भरी भरी।” पख बुढी तलाई पनि म आज ज्वाईले जस्तै मीठो बाख्राको मासु खुवाउछु। साझको समयमा उनिहरु कसैको गोठमा गएर एउटा बाख्रा लिएर आउने सल्लाह गर्छन। बुढाले बुढिलाई ढोका बाहिर उभिन भन्छ । आफू भित्र बाट बाख्रा फुत्त बाहिर फाल्ने र बुढिलाई समात्न भन्छ। बुढी हुन्छ भन्दै पछि लाग्छिन। उनिहरु दुई जना सल्लाह गर्छ्न। बुढा गोठ भित्र पस्छ्न। संयोगले त्यस गोठ भित्र उनिहरुको ज्वाईं बाघ पनि सिकार गर्न आएको हुन्छ।गोठ भित्र अँध्यारो भएकोले एकले अर्कोलाई देख्दैनन। बूढा बढी मासु वाला बाख्रा खोज्न बाख्रा छाम्दै छाम्दै जान्छ्न। उनको ज्वाइँ बाघले ससुरा आएको चाल पाउछ र पछि पछि लुक्दै जान्छ। बुढा एक एक गरेर बाख्रा छाम्छ्न। सबै बाख्रा दुब्ला मात्रै हुन्छ्न। एक पछि एर्को बाख्रा छाम्दै बुढा भित्र भित्र पस्छ्न। उनले एउटा चाहिँ मासु नै मासु भएको भेट्टाउछ्न र समातेर फुत्त बाहिर फाल्छ्न।
https://youtu.be/bv4jKzJhvTM
बुढिले हत्त न पत्त समाउछिन। तर त्यसले बुढिको पुरै मुख चिथोर्छ र कुलेलम ठोक्छ। वास्तवमा बुढिले समातेको चाहिँ बाख्रा नभएर गोठ भित्र लुकेको उनकै ज्वाइँ बाघ हुन्छ। बुढा “बुढी! आज त मज्जैले बाख्राको मासु खान पाईने भयो। मासु नै मासु भाको बाख्रा भेटाए नि बुढी।” भन्दै गोठ बाट निस्किदै हुन्छ्न। यता बुढि पिडाले रुदै हुन्छिन। छटपटाउदै हुन्छिन। बुढा डराउदै “के भयो बुढी?” प्रश्न गर्छ्न। रुदै रुदै उनले आफ्नो मुख बाख्राले चिथोरेर भागेको बताउछिन। रात परिसकेको हुन्छ। दुबै जना निराश हुँदै घर फर्किन्छ्न। घर फर्किसके पछि बुढाले बुढिकी उपचार गर्छ्न। केही समय पछि बुढी सन्चो हुन्छिन। केही समय पछि फेरी बुढालाई अर्कि माईली छोरी भेट्न जाने ईच्छा लाग्छ। उनले बुढिलाई आफू छोरी भेट्न् जाने कुरा बताउछन् र बाटो लाग्छ्न। उनको माईलो ज्वाइँ भालु हुन्छ। बुढा भालुको घरमा पुग्छन् । बाघ झै भालुले पनि स्वागत गर्ने योजना बनाउछ। भालुले आफ्नी बुढिलाई ठूलो तुवा तताएर राख्न भन्छ। भालु खेतबारी तिर निस्किन्छ। मीठो मीठो फलफूल र टन्न उखु खाएर आउँछ। अनि घर आएर तातो तुवामा दिशा गर्छ। बुढिले पकाउछे। मीठो हलुवा तयार हुन्छ। बुढालाई खान दिन्छ्न। बुढा मीठो मानी मानि खान्छ्न। अर्को दिन बुढा घर फर्किन्छ्न। बुढिलाई बुढाले भन्छ्न “बुढी! खास ज्वाइँ त हाम्रा भालु पो रैछ्न त! धेरै मीठो मीठो खान दिए बुढी।” पख। तिम्लाई पनि म भालु ज्वाईले जस्तै मीठो खाना खिलाउछु आज। “ठूलो तुवा चै तताउन राख है।” भन्दै बुढा खेतबारी तिर निस्किन्छ्न। उनले पनि भालु झै मीठा मिठा फलफुल र उखु खान्छ्न। केही समय पछि घर फर्किन्छ्न र तातो तुवामा दिशा गर्न बस्छ्न। बस्दै गर्दा बुढाको सबै भाग पोलिन्छ। बुढी हत्त न पत्त बुढालाई तान्छिन। बूढा घाईते हुन्छ्न। बुढिले उनको उपचार गर्छ्न। केही समय पछि बुढा लाई सन्चो हुन्छ। फेरि बुढा कान्छी छोरीलाई भेट्ने ईच्छा गर्छ्न। बुढिलाई आफू कान्छी छोरीलाई भेट्न जाने कुरा सुनाउछ्न र निस्किन्छ्न। उनको कान्छो ज्वाइँ चील हुन्छ। उनी चीलको घरमा पुग्छ्न। चिलले पनि बुढालाई राम्रो स्वागत गर्ने योजना बनाउछ्न। चिलले बुढालाई पखेटामा बसाएर घुमाउने सोच बनाउछ्न। सोही अनुसार उनले बुढालाई पखेटामा बसाएर सारा घुमाउछ्न। बुढा रमाउछ्न र खुसी हुन्छ्न। अर्को दिन बुढा घर फर्किन्छ्न। “बुढी ज्वाइँ त हाम्रा भालु पो रैछ्न त! पुरै सन्सारै घुमाए। राम्रो राम्रो ठाउँ घुमाए बुढी आनन्द आयो।” भन्दै बुढा बुढिलाई चील जस्तै उडाएर सन्सार घुमाउने भन्छ्न। बुढा दुबै हातमा सुप्पा बाध्छ्न र बुढिलाई सुप्पा माथि बस्न भन्छ्न। “ल बुढि आज म तिमिलाई सारा सन्सार घुमाउछु। सन्सार सारा देखाउछु।” बुढाको यो कुरा सुनेर बुढि खुसी हुन्छिन र सुप्पोमा बस्छिन। बुढाले उड्न लागि ठूलो भिर माथी बाट हाम
फाल्छ्न।बुढा उड्ने प्रयास गर्छ्न। हात फट्फट्याउछ्न। बुढा उड्न सक्दैनन् । बुढा र बुढी भिर बाट तल खस्छ्न । दुबै जनाको मृत्यु हुन्छ।
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.