सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एक जना मृत अवस्थामा फेला

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । भीमदत्त नगरपालिका–०६ का ४० वर्षीय राजेन्द्र चन्द पुर्व–पश्चिम महेन्द्रराजमार्गको सुकासालमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर थापाले बताए ।

बिहिबार बिहान चन्द सुकासालमा रहेको होटल बेष्ट साइनको पश्चिमपट्टी मृत अवस्थामा फेला परेका हुन । मृतक चन्द बुधवार बेलुका घरबाट औषधी लिनका लागि बजार जान्छु भनेर हिनेको उनका भाई सुरेन्द्र चन्दले बताए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

राती अबेर सम्म पनी घर नआएपछि मृतक चन्दको खोजीका लागि प्रहरीलाई खबर गरिएको जनाइएको छ । मृत अवस्थामा फेला परेका चन्दको घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।khabardarinews बाट सभार

Dirghayu Ads
Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.