सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

गणेशलाई किन तुलसी चढाउनु हुँदैन ? दूबो किन चढाइन्छ ? शास्त्रले यस्तो भन्छ

80
Sana Kishan

सप्ताको प्रत्येक मंगलवार भगवान् श्रीगणेशको पूजा आराधना गरिन्छ । दूबोविना गणेशको पूजा पूर्ण नहुने भएकोले गणेशलाई पूजामा मुख्य रुपमा दूबो चढाइन्छ । तुलसीलाई विष्णुको एक रूप नै मानिएतापनि गणेशजीलाई तुलसी अप्रिय लाग्ने हुनाले गणेश पूजामा तुलसीको प्रयोग वर्जित छ ।

दूबो र तुलसीका बारेमा भने एउटा राेचक कथा भेटिन्छ । कथा अनुसार प्राचीन समयमा अनलासुर नामक असुर थियो । उसले धर्ती र स्वर्गमा आतंक फैलाएको थियो । अनलासुर ऋषिमुनि र सर्वसाधारणलाई जिउँदै निल्थ्यो । असुरबाट त्रस्त भएर देवराज इन्द्रसहित सबै देवीदेवता र प्रमुख ऋषिमुनि भगवान महादेवसँग प्रार्थना गर्न पुगे ।

Arus

अनलासुरलाई अन्त्य गर्न उनीहरूले महादेवसँग अनुरोध गरे तर महादेवले असुरको अन्त्य गणेशजीले गर्ने बताए । अनलासुरसँग युद्ध गर्न गणेशजी गए । असुरले उनलाई निल्न खोज्यो तर उल्टै गणेशजीले असुरलाई निले । असुरलाई निलेपछि गणेशजीलाई बेस्सरी पेट पोल्यो ।

Nepali Khaja
Karnali Traders

धेरै प्रकारका उपाय गरियो र पेटको जलन शान्त भएन । त्यसपछि कश्यप ऋषिले २१ मुन्टो दूबोको गाँठो बनाएर गणेशलाई खान दिए । दूबो खाएपछि गणेशजीको पीडा कम भयो । त्यतिखेरदेखि नै श्रीगणेशलाई दूबो चढाउने परम्परा शुरु भएको हो ।

गणेशजीलाई तुलसी किन चढाउनु हुँदैन भन्ने विषयमा पनि एउटा कथा भेटिन्छ । कथा अनुसार प्राचीन समयमा तुलसीले गणेशसँग विवाहको प्रार्थना गरेकी थिइन् । तर गणेशजीले मानेनन् । रिसाएकी तुलसीले गणेशजीलाई दुईवटा विवाह होस् भनी श्राप दिइन् । गणेशजीलाई पनि रिस उठ्यो र तिम्रो विवाह एक असुरसँग होस् भनी श्राप दिए ।

राक्षससँग विवाह हुने श्राप सुनेपछि तुलसीले गणेशजीसँग माफी मागिन् । त्यसपछि गणेशजीले तिम्रो विवाह शंखचूर्णसँग हुनेछ तर तिमी भगवान् विष्णुको प्रिय हुनेछौ अनि कलियुगमा मानिसहरूलाई मोक्ष दिनेछौ तर मेरो पूजा गर्दा तिमीलाई चढाउनु अशुभ हुन्छ भने ।naulotoday.बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.