सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

रेडियो नेपालमा गाउँदा फेल भएको गीत बीबीसीमा प्रथम

83
Sana Kishan

स्वर परीक्षाका लागि रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा गीतकार भूपाल राईद्वारा रचित गीत गाउँदा राधा राई अनुत्तीर्ण भइन् । यो संवत् २०६१ को कुरा हो । बीबीसी नेपाली सेवा ७५ वर्ष पुगेको अवसरमा नेपाली गीत–संगीतमा नवप्रतिभा खोज्ने अभियानमा त्यही गीत गाउँदा गायिका राई प्रथम भइन् ।

बीबीसीद्वारा आयोजित नवप्रतिभा खोज्ने कार्यक्रममा संसारभरि रहेका नेपाली सहभागी थिए । सयभन्दा बढी गीतबाट उत्कृष्ट पाँचवटा गीत छनोट गरिएको थियो । त्यसमध्ये साबिक बाँझेच्यानडाँडा–१, सेखुवा खोटाङकी राधा राई प्रथम भएकी थिइन् । गायिका राईले त्यतिबेला पंक्तिकारसमक्ष खुसी व्यक्त गरेकी थिइन्, ‘बीबीसी नेपाली सेवाले मलाई अँध्यारोबाट उज्यालोमा ल्याइदियो ।’
एकताका बैंकर बन्ने सपना देखेकी उनले अन्ततः गायिकाका रूपमा परिचय बनाइन् । मनकामना जनकल्याण माध्यमिक विद्यालय निर्मलीडाँडा खोटाङबाट ०५६ मा प्रवेशिका उत्तीर्ण गर्दाताका उनलाई बैंकको जस्तो रहरलाग्दो जागिर अर्काे हुँदैनजस्तो लाग्थ्यो । समय बदलियो । त्यसैले होला बैंकर बन्ने सपना फुलाउन सकिनन् ।

Arus

गीत–सङ्गीतमा लागेको यत्तिका अवधिमा उनले हात पारेको सफलताले गीत–संगीतमै प्रतिबद्ध भएर लाग्न बाध्य बनायो । गीत–संगीतमा यत्तिका समय खर्चिएकी उनले यही विधामा पहिचान बनाउन हौसिएकी छन् । सपना–जपना नै संगीत बनेको छ । ‘म गीत–संगीत त्याग्नै नसक्ने भइसकें,’ उनको भनाइ छ, ‘चाहेर पनि गीत–संगीतको चौघेराबाट बाहिर निक्लन मलाई कठिन हुन्छ ।

Nepali Khaja
Karnali Traders

हरेक क्षेत्रमा ‘वेल एजुकेटेड’को उपस्थिति प्रशंसनीय मानिन्छ । उनले ललितकला क्याम्पस भोटाहिटी काठमाडौंबाट संगीतमा स्नातक र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी छन् । भारतको इलाहवादबाट संगीतमै सिनियर डिप्लोमाको प्रमाणपत्र हात पारेको पनि थुप्रै भयो । राष्ट्रिय नाचघर (२०५८) बाट संगीतसम्बन्धी प्रशिक्षण लिएकी उनी गीत गाउनकै लागि मुलुकका प्रमुख सहर, कोरिया र मलेसियासम्म पुगिन् । भन्छिन्, ‘गीत–संगीतमा नलागेको भए सायदै कोरिया र मलेसिया पुग्थें ।’

फ्रेडरिक निप्से भन्छन्, ‘संगीतविनाको जीवन भूल हुनेछ ।’ भिक्टर ह्युगोको भनाइ छ, ‘भन्न नसकिने र मौनतामा असम्भव जे छ, त्यो संगीतमार्फत व्यक्त गर्न सकिन्छ ।’

निप्से र ह्युगोको अभिव्यक्तिसँग निरज राई परिचित थिए । राईले बहिनीलाई हार्मोनियमको सहयोगमा सारेगम सिकाए । दाजुले हार्मोनियको सहयोगमा सारेगम सिकाएको राधालाई हिजैजस्तो लाग्छ । यो अवधिमा उनले थुप्रै गीत गाइन् । गीतिएल्बम पनि सार्वजनिक गरिसकिन् । गायिका राधा राईले आफूले सांगीतिक क्षेत्रमा बनाएको पहिचानमा दाजु निरज राईको योगदान रहेको सुनाइन्। (दीपेन्द्र राई)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.