सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कोरोनाका कारण भारतका बरिष्ठ नेता पटेलको निधन

नयाँदिल्ली, । भारतीय काँग्रेसका बरिष्ठ नेता अहमद पटेलको बुधबार निधन भएको छ । उहाँलाई कोरोनभाइरसको सङ्क्रमण पुष्टि भएको र शरिरका धेरै अंगले काम गर्न छाडेपछि निधन भएको परिवारजनले जनाएका छन् ।

उहाँका छोरा फैसल पटेलले स्थानीय समय अनुसार बुधबार बिहान ३।३० बजे आफ्ना पिताको निधन भएको जानकारी दिनुभयो । पार्टीका शिर्ष रणनितिकार समेत मानिनु हुने ७१ बर्षिय नेता पटेलको अवस्था पछिल्लो केही दिनदेखि जटिल बन्दै गएको थियो ।

उहाँलाई मेदान्त अस्पतालमा उपचार गराइएको थियो । यही नोभेम्बर १५ देखि उहाँको अवस्था विग्रिदै गएको परिवारजनले जनाएका छन् । उहाँका छोरा फैसलले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ, “मेरो पिता झण्डै एक महिना अगाडि कोरोनाभाइरसबाट सङ्क्रमित हुनु भएको थियो, आज उहाँको निधन भयो, म अल्लाहसँग उहाँको आत्माको शान्तिका लागि कामना गर्दछु ।”

World Link Ads
Mahakali Polytechnic

Sana Kishan

उहाँको निधनप्रति भारतका राष्ट्रपति, प्रधानमन्त्री, काँग्रेस प्रमुखलगायत विभिन्न नेता तथा सुवेच्छुक र इष्टमित्रहरुले दुःख व्यक्त गर्दै श्रद्धान्जली प्रकट गर्नुभएको छ । आफुहरुप्रति सहानुभूती प्रकट गर्नेहरु सवैलाई उहाँका छोरा फैसलले धन्यवाद ज्ञापन गर्दै कोरोनाभाइरसका बारेमा हेल्चक्र्याई नगर्न पनि सवैलाई आग्रह गर्नुभएको छ ।

स्वर्गिय पटेल गुजरातबाट अहिले पनि राज्य सभा सदस्य हुनुहुन्थ्यो । योसँगै उहाँ आठ पटक सांसद हुनुभएको थियो । ती मध्ये पाँच पटक राज्य सभामा हुनुभएको थियो भने तीन पटक लोकसभामा निर्वाचित हुनुभएको थियो ।

भारतीय राष्ट्रिय काँग्रेसका उहाँ अहिले पनि कोषाध्यक्ष हुनुहुथ्यो । अहिले उहाँको तेस्रो कार्यकाल चलिरहेको थियो ।nepalsanchar बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.