सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आजको राशिफल ११ मंसिर २०७७, बिहिवार

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
कामको चापले धपेडी हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मन भावुक र उत्ताउलो बन्नेछ । प्रणयसम्बन्ध र रतिराग बढ्ने समय छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
जोश जाँगर र हिम्मत बढ्नेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आकस्मिक उपहार प्राप्त हुनसक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
लाभ, हानी, सुख, दुख वरावरी खालको समय छ । सानातिना बाधा आइलागे पनि समस्या समाधान हुनेछ । रोकिएका कामलेपनि गति लिनेछ ।

World Link Ads
Mahakali Polytechnic

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । दाम्पत्य जीवनमा आपसी माया एवं समझदारी कायम रहनेछ ।

Dirghayu Ads

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । मिलनसार साथीले नै धोका दिन सक्छन् ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

Sana Kishan

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पढाइमा प्रगति हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज धर्म,कर्ममा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । सवारी साधन प्राप्तिको योगपनि छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । पुनर्मिलनको योग रहेको छ । कतै घुम्न जाने आकस्मिक योजना बन्न सक्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । कुनै कारणवश रोकिएका अधूरा कामलेपनि गति लिनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।nepalsanchar बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.