सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कृष्णपुरका जनता अब लालपुर्जाका मालिक सांसद धामीको पहल ५० औँ बर्षपछि जनता जमिनका मालिक बन्दै

कञ्चनपुरको कृष्णपुर नगरका जनता लालपुर्जाका मालिक बन्ने भएका छन । ‘जमिन नभएका, जमिन भएरपनि लालपुर्जा नभएका भूमिहित दलित, भूमिहिन सुकुमबासी एव अव्यवस्थित बसोबासी नागरिक अब लालपुर्जाका मालिक भन्ने भएका हुन् । भूमि सम्बन्धी समस्या समाधान आयोग र कृष्णपुर नगरपालिकाविच भएको सम्झौता अनुसार कृष्णपुर नगरका जनता लालपुर्जाका मालिक बन्ने भएका हुन् ।

चुनावमा प्रतिबद्धता गरे अनुरुप स्थानीय, प्रदेश र संघीय निर्वाचन क्षेत्रका जनप्रतिनिधीले अब कृष्णपुरमा कुनैपनि नागरिक लालपुर्जा बिहिन नहुने बताएका छन् । सोमबार कृष्णपुर नगरपालिकाले गुलरियामा आयोजना गरेको भूमिहिन दलित, भूमिहिन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या सम्बन्धी छलफलमा कञ्चनपुरका जनप्रतिनिधीले जनतालाई जमिनको वैधानिक मालिक बनाईने बताएका हुन् । झण्डै ५०औँ बर्षपछि कृष्णपुरका जनता जमिनका मालिक बनने भएका छन । यस अघिका निर्वाचनमा आश्वासन मात्रै पाएका जनताले साच्चै जमिनमा मालिक बन्ने बताएका छन । सो निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित जितेर प्रतिनिधी सभा सदस्य नर बहादुर धामीको विषेश पहलमा कृष्णपुरका जनता लालपुर्जाका मालिक बन्न लागेका छन् ।

त्यसका लागि स्थानीय सरकारले अग्रसरता देखाउनुपर्ने भूमिहिन सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवि प्रशाद ज्ञवालीले बताए । अध्यक्ष ज्ञवालीले कार्यक्रममा खुलेरै आयोगलाई भन्दा बढि चिन्ता प्रतिनिधी सभा सदस्य नर बहादुर धामीले चिन्ता चासो गरेकाले देशभरीका एक सय पालिका र सय पालिमा मध्येपनि १४ पालिका भित्र कञ्चनपुरको कृष्णपुर नगरपालिका पहिलो नगरपालिका छनौट भएको बताए । ‘यसमा यस क्षेत्रबाट प्रतिनिधी सभा सदस्य माननिय नर बहादुर धामी ज्यूले विषेश पहल गरेर यो नगरपालिका छनौटमा परेको हो, ‘अध्यक्ष ज्ञवालीले भने, त्यसका लागि तपाई हामी सबैलाई पेश्की बधाई छ, बाँकी पुरै काम गरेपछि दिन्छु ।

World Link Ads
Mahakali Polytechnic

’ अध्यक्ष ज्ञवालीले विगतमा बनेका १२ आयोगले कानुनी वैधतापक्ष कमजोर भएकाले काम गर्न नपाई गरेपछि अधुरै रहेकाले यो शक्तिशाली आयोग भएको बताए । ‘ऐन, नियम, कार्यविधी पारित गरेर काम अघि बढाएका छौँ, ‘उनले भने, ‘पालिकाका जनप्रतिनिधी ताते जनताले हातहातमा हालपुर्जा पाउँछन ।’ जनताकै घर घरमा लएर लगत संकलन गर्ने, छनौटदेखि वितरण पनि घरमै पुगेर गरिने उनले बताए । ‘कृष्णपुरमा आउँदो असारभित्रै जनताको हातमा लालपुर्जा वितरण गर्ने हिसाबले काम गर्नुहोस, ‘अध्यक्ष ज्ञवालीले भने, ‘अब जनता कुरा भन्दा काममा मात्रै विश्वास गर्छन ।’जनतालाई समाजिक न्याय दिने अवसर समेत मिलेकाले रातदिन नभनिकन काम गर्न समेत उनले आग्रह गरेका छन ।

Sana Kishan

भूमिहिन दलित, भूमिहिन सुकुमबासीलाई निःशुल्क लालपुर्जा वितरण गरिने र बाँकी अव्यवस्थित बसोबासीबाट केही राजस्व संकलन गरिने बताए । ‘यो बषौँदेखि क्र्रोनिक रुपमा रहेको समस्या समाधान गर्न निकै जटिल काम छ, ‘उनले भने, ‘जति जटिल छ, त्यति जनता र राज्यलाई फाईदा पनि हुन्छ ।’ प्रतिनिधी सभा सदस्य नर बहादुर धामीले जनताले बषौँदेखि अपनत्व लिन नसकेको अवस्थामा सरकारले आयोग गठन गरेसंगै भूमिहिन दलित, भूमिहिन सुकुमबासी एव अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाईने बताए ।

‘यो मेरो चुनावी प्रतिबद्धता पनि हो, ‘धामीले भने, ‘चुनावका बेला जनतासंग गरेका बाचा पुरा गर्दैछु ।’ २५प्रतिशत राजस्वय लगाउने निर्णय समेत संशोधन गराएर घटाईएको उनले बताए । कृष्णपुर नगरपालिकाबाट महाअभियान शुरुवात भएको समेत संसद धामीको भनाई छ । प्रदेश सभा सदस्य एव नेकपा सुप प्रंदेशका सचेतक तारातामा तामाङ्गले अन्य कामकाज छाडेरै भएपनि जनतालाई लालपुर्जाको मालिक बनाउने काममा खटिनुपर्ने सुझाव दिए । नेकपा सरकारले ल्याएको कार्यक्रम जनमुखी भएको बताए ।

प्रदेश सभा सदस्य महेश दत्त जोशीले चुनावमा बेला जनतासंग गरिएको बाचा पुरा हुने बताउदै उनले आफ्नो निर्वाचन क्षेत्रमा अन्य योजना भन्दा जनतालाई जमिनको मालिक बनाउनका लागि बजेट दिनुपर्नेमा जोडदिए । ‘यो हाम्रो मुख्य चुनावी एजेण्डा पनि थियो, ‘उनले भने, ‘सरकारले एउटा सपना पुरा गदैछ, यसमा तीनै सरकार जिम्मेबार हुनुपर्छ ।’

आयोगबाटै आरक्षपीडितको समेत समस्या समाधान गर्नुपर्नेमा जोशीले जोडदिए । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्गले जनता जमिनको मालिक बन्ने आशा पलाएकाले जनप्रतिनिधी जिम्मेबार बन्नुपर्नेमा जोडदिए । राजनीतिक दलहरुले समेत आयोग गठनसगै जनतालाई जमिनको मालिक बनाउने काम राम्रो भएको बताएका छन् ।
नेकपा कञ्चनपुरका अध्यक्ष बीर बहादुर थापा(पातल)ले कम्यूनिष्ट जो जनताका लागि संघर्षशिल पार्टीले अघि सारेको योजना जनमुखी रहेको औल्याए । उनले यसमा जनप्रतिनिधी ईमान्दार भएर जनताको काममा जुट्नुपर्नेमा सुझाव दिए । नेपाली काँग्रेस कृष्णपुरका सभापति झक्त बहादुर खत्रीले राम्रो कार्यक्रम भएकाले काँग्रेसले पनि साथ दिने बताए ।
जनमोर्चा कृष्णपुरका नेता गोबिन्द परियारले कार्यक्रमबाट जनता लाभान्वित हुने बताए । स्वागत मन्तव्य राख्दै कृष्णपुर नगरपालिका उप प्रमुख रमिता राना (बडायक)ले जनतालाई मालिक बनाउने कार्यमा सरिक हुन पाएकोमा खुसी व्यक्ति गर्दै कृष्णपुरको भूमि समस्या समधानमा जोडदिईन । आयोगका सदस्य सचिव लिला प्रशाद शर्माले जनताको घरदैलोबाटै विवतरण संलकन गरेर विभिन्न प्रकृया पुरा गरेर फेरी जनताकै घरमै लालपुर्जा पु¥याउने कार्यविधि रहेको बताए । कार्यक्रमको अध्यक्षता ग्रहण गरेका कृष्णपुर नगरका मेयर कर्ण बहादुर हमालले अब कृष्णपुर नगरका जनता जमिनको मालिक बन्ने भएको बताए । आयोगले कृष्णपुर नगरपालिका छनौट गरेर जनताको सेवा गर्ने मौका दिनुभएकोमा आभार प्रकट गरेका छन् ।
उनले कार्यक्तम कार्यान्वयनका लागि सबै संयन्त्र परिचालन गरिने बताए । स्थानीयहरुले आयोग मार्फत आएको कार्यक्रम कार्यान्वनमा जोडदिएका छन् । भने लालपुर्जाको मालिक बन्ने भएपछि हर्षित भएका छन । पहिलाद रानाले जनसरोकार पोस्टमा लेखेका छन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.