

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा खुर्सानी पकेट क्षेत्र सञ्चालन हुने भएको छ । युएनडिपी र वेदकोट नगरपालिकाको आर्थिक सहयोगमा पकेट क्षेत्र सञ्चालन हुने भएको हो ।
स्विट नेपालको आयोजनामा सञ्चालित कोभिड १९ प्रतिक्रिया सामाजिक आर्थिक पुनःप्राप्ति परियोजना अन्तरगत मंङगलबार वेदकोट नगरपालिका वडा नं.५र ६ मा उद्घाटन गरिएको स्रोतले जनाएको हो ।


उक्त परियोजनाबाट ५० जना किसानहरु लाभान्वित हुने भएका हुन् । किसानलाई खुर्सानी पकेट क्षेत्रका लागि बीउ , औजार,मल लगायतका समानहरु उपलब्ध गराइएको कार्यक्रमका अध्यक्ष तथा वडा नं. ५का वडाध्यक्ष विकले बताएका छन्

पकेट क्षेत्र निमार्णका लागि कम्तीमा ३देखि ५ कट्टा जमिनको प्रयोग गर्ने भएको हुन् । aabhashkunj बाट सभार
