सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

कञ्चनपुर पुग्यो भूमि सम्बन्धी समस्या समाधान आयोग : लालपूर्जाका मालिक बन्ने भए कृष्णपुरका जनता

277
Sana Kishan

कञ्चनपुरको कृष्णपुर नगरका जनता लालपूर्जाका मालिक बन्ने भएका छन् । भूमिहीन दलित, भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिक अब लालपूर्जाका मालिक भन्ने भएका हुन् । भूमि सम्बन्धी समस्या समाधान आयोग र कृष्णपुर नगरपालिका बीच भएको सम्झौता अनुसार कृष्णपुर नगरका जनता लालपूर्जाका मालिक बन्ने भएका हुन् । चुनावमा प्रतिबद्धता गरे अनुरुप स्थानीय, प्रदेश र संघीय निर्वाचन क्षेत्रका प्रतिनिधीले अब कृष्णपुरका कुनैपनि नागरिक लालपुर्जा विहीन नहुने बताएका छन् ।
सोमबार सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या सम्बन्धी छलफलमा प्रतिनिधीले जनतालाई जमिनको वैधानिक मालिक बनाइने बताएका हुन् । झण्डै ५० बर्षपछि कृष्णपुरका जनता जमिनका मालिक बन्ने भएका छन् ।

त्यसका लागि स्थानीय सरकारले अग्रसरता देखाउनुपर्ने भूमिहीन सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी प्रसाद ज्ञवालीले बताए । अध्यक्ष ज्ञवालीले देशभरिका १ सय पालिका र ती पालिमा मध्येपनि १४ पालिकाभित्र कञ्चनपुरको कृष्णपुर नगरपालिका पहिलो नगरपालिका छनौट भएको बताए । अध्यक्ष ज्ञवालीले भने त्यसका लागि तपाई हामी सबैलाई पेश्की बधाई छ, बाँकी पुरै काम गरेपछि दिन्छु ।

Arus

अध्यक्ष ज्ञवालीले विगतमा बनेका १२ आयोगको कानुनी वैधता पक्ष कमजोर भएकाले काम गर्न नपाएको र गरेपनि अधुरै रहेकाले यो शक्तिशाली आयोग भएको बताए । ‘ऐन, नियम, कार्यविधि पारित गरेर काम अघि बढाएका छौँ, ‘उनले भने, ‘पालिकाका जनप्रतिनिधी ताते जनताले हातहातमा लालपूर्जा पाउँछन् ।’ जनताकै घर घरमा गएर लगत संकलन गर्ने, छनौटदेखि वितरण पनि घरमै पुगेर गरिने उनले बताए । ‘कृष्णपुरमा आउँदो असारभित्रै जनताको हातमा लालपूर्जा वितरण गर्ने हिसाबले काम गर्नुहोस, ‘अध्यक्ष ज्ञवालीले भने, ‘अब जनता कुरा भन्दा काममा मात्रै विश्वास गर्छन् ।’ जनतालाई सामाजिक न्याय दिने अवसर समेत मिलेकाले रातदिन नभनिकन काम गर्न समेत उनले आग्रह गरेका छन् ।

Nepali Khaja

कार्यक्रममा बोल्दै कञ्चनपुर क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय प्रतिनिधि सभा सदस्य नर बहादुर धामीले सरकारले बलियो आयोग निर्माण गरेको र आफूले निर्वाचनको बेला गरेको बाचा पुरा हुन लागेको उल्लेख गर्दै जिल्लामै बढी कृष्णपुर नगरपालिकामा भुमिहीन सुकुम्बासी समस्या रहेको र त्यसको समाधानका लागि आयोगले छिटो छरितो तरिकाले आफ्नो काम गर्नुपर्ने बताए ।

Karnali Traders

जनताले बषौँदेखि अपनत्व लिन नसकेको अवस्थामा सरकारले आयोग गठन गरेसंगै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी एवं अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाइने सांसद धामीले बताए । ‘यो मेरो चुनावी प्रतिबद्धता पनि हो, ‘धामीले भने, ‘चुनावका बेला जनतासंग गरेका बाचा पूरा गर्दैछु ।’ २५ प्रतिशत राजस्व लगाउने निर्णय समेत संशोधन गराएर घटाइएको उनले बताए । कृष्णपुर नगरपालिकाबाट महाअभियान शुरुवात भएको समेत सांसद धामीको भनाई छ ।

यस्तै प्रदेश सभा सदस्य एवं नेकपा सुदूरपश्चिम प्रदेशका सचेतक तारा लामा तामाङले अन्य कामकाज छाडेरै भएपनि जनतालाई लालपूर्जाको मालिक बनाउने काममा खटिनुपर्ने सुझाव दिए । प्रदेश सभा सदस्य महेश दत्त जोशीले चुनावमा बेला जनतासंग गरिएको बाचा पूरा हुने बताउँदै आफ्नो निर्वाचन क्षेत्रमा अन्य योजना भन्दा जनतालाई जमिनको मालिक बनाउनका लागि बजेट दिनुपर्नेमा जोडदिए । ‘यो हाम्रो मुख्य चुनावी एजेण्डा पनि थियो, ‘उनले भने, ‘सरकारले एउटा सपना पूरा गदैछ, यसमा तिनै सरकार जिम्मेवार हुनुपर्छ ।’ आयोगबाटै आरक्ष पीडितको समेत समस्या समाधान गर्नु पर्नेमा जोशीले जोड दिए ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङले जनता जमिनको मालिक बन्ने आशा पलाएकाले जनप्रतिनिधी जिम्मेबार बन्नुपर्नेमा जोडदिए । राजनीतिक दलहरुले समेत आयोग गठन संगै जनतालाई जमिनको मालिक बनाउने काम राम्रो भएको बताएका छन् । नेकपा कञ्चनपुरका अध्यक्ष बीर बहादुर थापा ९पातल० ले यो योजना जनमुखी रहेको औँल्याए । उनले यसमा जनप्रतिनिधि इमान्दार भएर जनताको काममा जुट्नुपर्नेमा सुझाव दिए । नेपाली काँग्रेस कृष्णपुरका सभापति भक्त बहादुर खत्रीले यो राम्रो कार्यक्रम भएकाले काँग्रेसले पनि साथ दिने बताए ।

जनमोर्चा कृष्णपुरका नेता गोबिन्द परियारले कार्यक्रमबाट जनता लाभान्वित हुने बताए । स्वागत मन्तव्य राख्दै कृष्णपुर नगरपालिका उप प्रमुख रमिता राना ९बडायक०ले जनतालाई मालिक बनाउने कार्यमा सरिक हुन पाएकोमा खुसी व्यक्त गर्दै कृष्णपुरको भूमि समस्या समधानमा जोड दिइन । आयोगका सदस्य सचिव लिला प्रशाद शर्माले जनताको घरदैलोबाटै विवतरण संलकन गरेर विभिन्न प्रकृया पुरा गरेर फेरी जनताकै घरमै लालपुर्जा पु¥याउने कार्यविधि रहेको बताए ।

कार्यक्रमको अध्यक्षता ग्रहण गरेका कृष्णपुर नगरका मेयर कर्ण बहादुर हमालले अब कृष्णपुर नगरका जनता जमिनको मालिक बन्ने भएको बताए । उनले कार्यक्रम कार्यान्वयनका लागि सबै संयन्त्र परिचालन गरिने बताए । स्थानीयहरुले आयोग मार्फत आएको कार्यक्रम कार्यान्वनमा जोड दिएका छन् भने लालपूर्जाको मालिक बन्ने भएपछि स्थानीय हर्षित भएका छन् । setikalinews बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.