सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

कुनै खानेकुरा तारेर, भुटेर बाँकी रहेको तेल कतिपटक प्रयोग गर्न सकिन्छ ? जानिराखाैँ

186
Sana Kishan

कुनै खानेकुरा तारेर, भुटेर बाँकी रहेको तेल के गर्ने ? अक्सर हाम्रो मनले भन्छ, ‘होइन, किन फ्याक्ने । अर्को पटक फेरी काम लाग्छ ।’ हामी कुनै खानेकुरा तारेर बाँकी रहेको तेललाई जतनसाथ राख्छौं । अब सोही तेल अर्को खानेकुरा पकाउन उपयुक्त हुन्छ ? कुरा स्वादको होइन । स्वास्थ्यको हो । के भनिन्छ भने, पटक पटक तेल प्रयोग गर्दा त्यो विषाक्त बन्छ ।

के हुन्छ तेलको प्रयोग गर्दा ?

Arus

जब हामी कुनै पनि खानेकुरा डिपफ्राई गर्छौ, सुरुमा त यसले खानालाई डिहाईड्रेट गर्छ । तर पछि यसको रियाक्सन स्वरुप खानाबाट प्रोटिन र कार्बोहाईड्रेट टुक्रिने गर्छ । जसले गर्दा खाना खैरो रङ्गको देखिने गर्छ । त्यतिमात्र हैन, यस प्रकारको खाना पकाउने शैलीले फ्रि र्‍याडिकल्स उत्पन्न गरी यसको पुन प्रयोगले स्वास्थ्य सम्बन्धि विभिन्न समस्या निम्त्याउने गर्छ ।

Nepali Khaja

परिणामस्वरुप, प्रयोग गरिएको तेलको पुन प्रयोगले एथेरोस्केरोसिस हुनसक्छ, जसले शरीरमा खराब कोलेस्ट्रोलको मात्रा बढाउँछ ।

तेलको प्रकार र तापक्रमको समिश्रण

एक पटक प्रयोग गरिएको तेललाई पुन प्रयोग गर्न मिल्छ कि मिल्दैन भन्ने कुरा तेलको प्रकार र तेल कुन तापक्रममा हिट गरएको छ भन्ने कुराले पनि निर्धारण गर्छ ।

विज्ञको सुझाव अनुसार रिफाइन गरिएको तेललाई उच्च तापक्रममा तताउन सकिन्छ । जबकी एक्स्ट्रा भर्जिन आयल, सिसेम आयल लगायत काचो तेललाई धेरै तापक्रममा तताउनु हुँदैन । अन्यथा यस्ता तेलमा खाना पकाउँदा खाना टुक्रिनुका साथै तेलमा अपशिष्ट जम्मा हुन्छ ।

फ्राई गर्ने भाडाँको छनौट

सुन्दा अचम्म लाग्न सक्छ, तर रेष्टुरेन्टमा फ्राई गर्न उपयोग गरिएको तेलको तुलनामा घरमा फ्राई गर्न प्रयोग गरिएको तेल चाँडै खराब हुने गर्छ । यसको मुख्य कारण भनेकै तापक्रम अनियमितता र कस्तो भाडोको प्रयोग गरिएको छ भन्ने प्रमुख हो ।

विशेषगरी, घरमा प्रयोग गरिने भाँडामा खानाका कण भाँडोको सतहमा पुग्ने गर्छ र यस्ता भाडाको सतह छिटो तात्ने हुदाँ यसले तेलको स्वाद बदल्नुका साथै तेललाई विगार्ने गर्छ ।

तेलमा कोटिङ्गको प्रभाव

एक पटक प्रयोग गरिसकेको तेललाई कतिपटक प्रयोग गर्न मिल्छ भन्ने कुरा खानाको प्रकृतिमा पनि भर पर्छ । चाडै टुक्रिने खानेकुरा छ भने यसको कण तेलमा लामो समय तैरिने गर्छ । उदाहरणको लागि ब्रेड क्रम्ब । तेलमा ब्रेड क्रम्बको कण अत्याधिक हुने गर्छ, जसले गर्दा यसलाई पुन प्रयोग गरिने सम्भावना न्युन हुन्छ ।

तेलको आयु बढाउने सजिलो उपाय

तेलको प्रयोग गर्ने सबैभन्दा राम्रो उपाय भनेको आयल थर्मोमिटरको प्रयोग हो । यसको प्रयोगले पुन प्रयोग गर्न तेल योग्य छ कि छैन भनेर थाहा पाउन तथा कुन बेला ग्यासको स्वीच बन्द गर्ने भने जान्न मद्दत गर्छ । यसरी तेलको प्रयोग गर्दा उच्च तापक्रममा प्रयोग गरिएको तेललाई कहिल्यै पनि पुन प्रयोग गर्नु हुँदैन ।

त्यसो भए एक पटक प्रयोग गरेको तेल प्रयोग गर्ने की नगर्ने ?

विज्ञहरुका अनुसार यस्ता तेलको प्रयोग गर्दा त्यसमा भएका खानाका सुक्ष्म कणलाई भाँडाबाट हटाउनुपर्छ । त्यतिमात्र , त्यस्तो तेललाई कम आँचमा पकाउनु पर्छ । यस्ता तेल प्रयोग गर्नु पूर्व यसलाई राम्ररी सिल गरिएको भाडोमा राख्नुपर्छ ।

उक्त तेल बाक्लो, चिल्लो तथा गाढा रङ्गको छ भने त्यस्ता तेलको प्रयोग गर्नु हुँदैन । त्यस्तै, खुला ठाउँमा राखिएको फोहर तथा अशुद्ध तेल प्रयोग गर्नबाट पनि बच्नुपर्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

हामीले खानेकुरा पकाउँदा त्यसको पोषक तत्व कसरी सुरक्षित राख्ने ?

हामी खाना किन खान्छौं ? आम जवाफ हो, ‘भोक मेट्न ।’

यद्यपी खाना त्यही स्रोत हो, जसले हाम्रो शरीरलाई आवश्यक पोषक तत्व आपूर्ति गर्छ । अर्थात खानाबाट नै शरीरलाई चाहिने पोषक तत्व प्राप्त हुन्छ । यसर्थ खाना खानु केवल भोक मेट्नु मात्र होइन, शरीरलाई जीवित, उर्जावान्, स्वस्थ, तन्दुरुस्त बनाइराख्न पनि हो ।

तर, हामी भोक मेट्नका खातिर खानेकुरा खान्छौं । स्वादका लागि खान्छौं । त्यही कारण यसमा कुन खानेकुरामा के पोषक तत्व पाइन्छ, त्यसलाई कसरी ग्रहण गर्ने भन्ने कुरामा हामीलाई हेक्का छैन ।

प्रकृतिले हामीलाई यस्ता खानेकुरा दिएका छन्, जसले शरीरलाई बचाइराख्नका लागि आवश्यक पोषक तत्व प्रदान गर्छ । हरेक खानेकुरामा आफ्नै किसिमको पोषक तत्व हुन्छ । ति पोषक तत्व सन्तुलित मात्रामा शरीरले ग्रहण गर्छ । सोही अनुरुप सन्तुलित खानपान गर्नुपर्छ ।

कति खानेकुरा पकाएर खाइन्छ, कतिपय काँचो खाइन्छ ।

स्वादका लागि पोषक तत्व किन नष्ट गर्ने ?

खानेकुरा पकाउँदा अक्सर हाम्रो ध्यान के हुन्छ भने, त्यसलाई कसरी स्वादिलो बनाउने ? तर, हामीले ध्यान दिनुपर्ने चाहि के कुरामा हो भने, कसरी त्यसको पोषक तत्वलाई सुरक्षित राख्ने ?

खानेकुरा विभिन्न प्रकृतिका हुन्छन् । ति खानेकुरा पकाउँदा कसरी त्यसमा भएको पोषक तत्व सुरक्षित राख्ने भन्ने कुरामा हामीले हेक्का राख्नैपर्छ । नभए त खाना खानु र भुस खानु एउटै हो, जसले पेट मात्र भर्छ । शरीरलाई आवश्यक पोषक तत्वका लागि पनि ठाउँ ओगट्छ ।

कसरी पकाउने खाना ?

खाना विभिन्न तरीकाले पकाइन्छ । कुनै खाना तारेर त कुनै उसिनेर पकाइन्छ । कुनै ग्रील गरिन्छ त कुनै हल्का फ्राई गरेर पकाइन्छ । खाना पकाउने तरीका पनि आ-आफ्नै हुन्छ ।

विभिन्न तरीकाले पकाउदा पनि कहिलेकाही जानेर वा नजानेर हामी खानामा भएको सम्पूर्ण पोषण तत्व सरक्षित गर्नमा असफल हुने गर्छौ । परिणामस्वरुप, स्वास्थ्यवर्दक तरीकाले खाना पकाउँदा पकाउँदै पनि ती खानेकुरामा भएको आवश्यक पोषण तत्व ग्रहण गर्नमा हामी असर्मथ हुन्छौ । यसको पछाडी दुईटा कारण मुख्य मानिन्छन् । कि त हामी खानालाई धेरै पकाउँछौ, या त काच्चै राख्छौ ।

पोषक तत्व कसरी सुरक्षित राख्ने ?

भिटामिन बी, सी, फोलेट लगायतको पोषण तत्व वाफ वा तातोमा बढी संवेदनशील हुन्छ, जसका कारण त्यसमा भएका आवश्यक तत्व क्रमश कम हुँदै जान्छ । खानामा भएका पोषण तत्व कम हुनुमा पकाउने समयावधी तथा आगोको रापले पनि धेरै प्रभाव पार्दछ । जबकी कम समयमा खाना पकाउने तरीका, तापक्रम तथा पानीको मात्राले पनि खानामा भएको पौष्टिक तत्वलाई संरक्षित गर्न निकै ठूलो भूमिका खेल्छ ।

यस हिसाबले भन्नु पर्दा हरिया सागसब्जी पकाउने सबै भन्दा राम्रो उपाय भनेको उसिन्नु हो । साजसब्जलाई उसिनेर पकाउदा यस्ता खानेकुरा छिटो पाक्नुका साथै यसमा भएका पोषणतत्व समेत नष्ट हुन पाउँदैन ।

खानामा पौष्टिक तत्वलाई कायम राख्न सागसब्जी तथा फललाई उचित तरीकाले काट्नु पर्छ । सागसब्जी वा तरकारीलाई ससाना टुक्रा बनाएर काट्दा त्यसमा भएका पौष्टिक तत्व नष्ट हुने सम्भावना धेरै हुने गर्छ ।

त्यस्तै, सागसब्जीलाई काटेपछि पानीमा डुबाउनले पनि कतिपय खानेकुरामा भएका पौष्टिक तत्व पानीमा घुलेर नष्ट हुने सम्भावना उच्च हुने गर्छ । त्यस्तै, सलाद तयार पार्दा खानेबेलामा मात्र तयार पार्नु पर्छ र हावाको सम्पर्कमा नआओस् भन्नका लागि राम्ररी छचोप्नु पर्छ ।

खाना पकाउनु अघि र पकाउँदा खानामा रहेको पोषण तत्वलाई नष्ट हुन नदिन पनि यी कुराहरुमा ध्यान दिन जरुरी छ ।

तेल, वटर लगायतका फ्याटको प्रयोग गर्ने-हरिया साजसब्जी थोरै आलोकाचो नै रहन दिने

खाना पकाउदा थोरै पानीको प्रयोग गर्ने

खानामा अमिलो मिसाउने

ताजा खाना खाने

खानामा फ्याक्ट प्रयोग बढाउने

मानिसहरु सोच्छन्, उमोलेको तथा स्टिम गरिएको खानेकुरामात्र स्वस्थकर हुन्छ । जबकी उमालेकै खानेकुरामा थोरै मात्र फ्याट वा चिल्लो मिसाउनाले पनि खानामा भएको पौष्टिक तत्व अझै बढ्ने गर्छ । फ्याटले खानाबाट मिल्ने पोषण अवशोषित गर्नमा शरीरलाई सहायता प्रदान गर्दछ । यसले खानाको स्वाद बढाउन समेत निकै मद्दत गर्दछ ।

Karnali Traders

केही सब्जी काच्चै राख्ने

ब्रोकाउली, बन्दा आदी तरकारी काच्चै खानु शरीरका लागि निकै फाइदाजनक मानिन्छ । यसमा मोयोसिनेज नामक एन्जाइम हुन्छ जसले व्याक्टेरिया तथा इन्फेक्सन रोक्नमा मद्दत गर्छ । जबकी यी खानेकुरालाई पकाउदा यसमा भएका एन्जाइम नष्ट हुने सम्भावना उच्च हुन्छ ।

खाना पकाउँदा पानीको प्रयोग गर्ने

खाना पकाउँदा हामी प्रायः पानीको प्रयोग गर्छौ । जबकी कुनै पनि हरिया सागसब्जीलाई धेरै बेर उमाल्नु हुँदैन । यसले खानामा भएको पोषण तत्व हराउन सक्छ । सागसब्जीमा पाइने पोषण तत्वलाई सुरक्षित राख्नका लागि पकाउँदा थोरै पानीको प्रयोग गर्नु पर्छ ।

खानामा अमिलो समावेश गर्ने

ब्रोकाउली, पालुङ्गो लगायतका सागसब्जीमा प्रशस्त मात्रामा आइरन पाइन्छ । खाना पकाउँदै गर्दा यस्ता खानेकुरामा भिटामिन सी, कागती, वा अन्य कुनै अमिलो पर्दाथ मिसाउनाले आइरन सोस्न मद्दत मिल्छ । त्यस्तै, कागती, सुन्तला आदीले शरीरमा पोषण तत्व अवशोषित गर्न मद्दत गर्छ ।

ताजा खाना खाने

जतिसक्दो ताजा खानेकुरा खाने बानी गर्नुपर्छ । लामो समयसम्म राखेको खाना वा वासी खानाबाट पोषण तत्व क्रमश कम हुँदै जाने गर्छ । जसका खाना खानु र नखानु लगभग एउटै जस्तो हुनपुग्छ । त्यसैले, खानालाई सकेसम्म पकाउना साथ खाँदा राम्रो मानिन्छ ।

तीन पोषक तत्व जुन दैनिक भोजनमा सामेल गर्नैपर्ने

पोषक तत्व हाम्रो खानामा सामेल गर्न सके मस्तिष्कदेखि रोग प्रतिरोध प्रणालीसम्मलाई स्वस्थ्य र सुदृढ पार्छ । हामीले शारीरिक र मानसिक रुपमा स्वस्थ र फिट रहन आफ्नो भोजनलाई सन्तुलित बनाउनु जरुरी छ । यी हुन् महत्वपूर्ण

भिटामिन बी

भिटामिन बीले मानसिक क्षमता वृद्धि गर्छ र मुटुको सुरक्षा गर्छ । ८ वटा भिटामिन बीमध्ये बी १२ र फोलेट सबैभन्दा महत्वपूर्ण छन् । भिटामिन बी१२ ले हामीले खाएको भोजनलाई ऊर्जामा परिणत गर्न सघाउनुका साथै हाम्रो स्नायुतन्त्रको सुरक्षाकवच मानिने ‘माइलिन’ बनाउन आवश्यक पर्छ ।

यसले मस्तिष्कका करोडौं ‘न्युरोन’लाई आपसमा सञ्चार गर्न पनि सघाउँछ । भिटामिन बी१२ को कमीले स्मरण शक्ति घट्ने, भ्रम उत्पन्न हुने र डिप्रेसन हुन्छ । फोलेट गर्भवतीका लागि महत्वपूर्ण मानिए पनि महिला पुरुष सबैका लागि यो उत्तिकै आवश्यक छ ।

भ्रुणको विकासमा यसको महत्वपूर्ण भूमिका हुन्छ । सामान्यतया शरीरमा फोलेटले मस्तिष्कघात र मुटुसम्बन्धी रोगको जोखिम बढाउने ‘एमिनो एसिड’को मात्रा बढ्न दिँदैन । फोलेट र भिटामिन बी मुटुका लागि आवश्यक पोषण समूहमा पर्छन् ।

केमा पाइन्छ भिटामिन बी र फोलेट

भिटामिन बी१२ त्यस्तो दुर्लभ भिटामिन हो, जुन वनस्पति अर्थात् सागसब्जी, फलफूल वा गेडागुडी कुनैमा पनि पाइँदैन । भिटामिन बी१२ अन्डा, चिज, दूध, दही, माछा र रातो मासुमा पाइन्छ । तर, फोलेट भने हरिया सागसब्जी, कुरिलो, भिटामिन लगायत विभिन्न पोषक तत्व मिसाइएका तयारी खाद्यान्नमा पाइन्छ ।

भिटामिन डी

शरीरका हाड र रोग प्रतिरोध प्रणालीका लागि भिटामिन डी आवश्यक छ । हामीलाई भिटामिन डीको ठ्याक्कै कति मात्रा आवश्यक पर्छ, वैज्ञानिकहरूले बताउन सकेका छैनन् । तर, अधिकांश अध्ययन अनुसन्धानले शरीर स्वस्थ राख्न भिटामिन डी महत्वपूर्ण रहेको देखाएका छन् ।

यसले क्याल्सियमलाई सोस्न सक्षम बनाउँछ, र क्याल्सियमले हाड बलियो बनाउँछ । रोग प्रतिरोध प्रणालीको प्रभावकारी कामका लागि पनि भिटामिन डी आवश्यक छ । केही अध्ययनले भिटामिन डीको कमी हुँदा क्रोन्स डिजिज (पाचन प्रणाली बिग्रने), ‘युमाटिड आर्थराइटिस’ र ‘मल्टिपल सिरोसिस’जस्ता रोग लाग्न सक्ने देखाएका छन् ।

भिटामिन डी पाइने खानेकुरा

भिटामिन डी पनि भोजनबाट पाउन कठिन छ । बरु हाम्रो शरीरले नै भिटामिन डी बनाउँछ तर यसका लागि हामीले हाम्रो छालामा बिहानको मधुरो घाम पार्नुपर्छ ।

साथै उत्तरी गोलाद्र्धका बासिन्दाले भने अन्डाको पहेँलो भाग, धेरै चिल्लो पाइने माछा (जस्तै सार्डिन), पोषक तत्व मिसाइएको दूध, सुन्तलाको रस, अन्न आदिबाट भिटामिन डी लिन सक्छन् । यसबाहेक आवश्यक परे चिकित्सकको परामर्शमा भिटामिन डीको ट्याबलेट खान सकिन्छ।

म्याग्नेसियम

म्याग्नेसियमले निदाउन सघाउनुका साथै दुखाइ घटाउँछ । पछिल्लो समय अनिद्राका रोगीहरू म्याग्नेसियम प्रति हुरुक्क छन् । तर, यसले निद्रा लगाउने औषधिजस्तो खानेबित्तिकै निद्राले लठ्ठ बनाइहाल्दैन । यसले मांसपेशीलाई आराम गर्न सघाउने र मांसपेशीको दुखाइमा आराम दिलाउने भएकाले हिजोआज धावक र कसरत गर्नेहरूबीच निकै लोकप्रिय भएको छ ।

यसले हामीलाई जगाइराख्ने मस्तिष्कको हिस्सालाई सुदृढ बनाउँछ । यसले हामीलाई राति निद्रा बिथोल्ने सामान्य एन्जाइटी शान्त पार्न पनि मद्दत गर्छ । म्याग्नेसियमले माइग्रेनको दुखाइ कम गर्ने पनि विभिन्न अध्ययनले देखाएका छन् ।

म्याग्नेसियम पाइने खानेकुरा

भोजन सम्बन्धी अधिकांश सर्वेक्षणले अमेरिकीहरूलाई म्याग्नेसियमको कमी भएको देखाएका छन् । यसको कारण भने फाइबर धेरै मात्रामा पाइने सागसब्जी र ब्राउन राइस म्याग्नेसियमको मुख्य स्रोत हुन् र अमेरिकीहरूले भोजनमा यी दुवैको साटो प्रशोधित र डिब्बाबन्द खानेकुरा खान्छन् । पर्याप्त फाइबर र म्याग्नेसियमको पोषण पाउन विभिन्न खालका बिउहरू अझ (हाडे बदाम, ओखर, फर्सीको बिउ) खानु उपयुक्त हुन्छ ।

चामलमा पाइने पोषक तत्वहरु के के हुन् ? याे पनि जानिराखाैँ

हामीले दैनिक जीवनमा प्रयोग गर्ने खान हो चामल जुन मानव जीवनको लागिको लागि नभइ नहुने बस्तु हो । हामी नेपालीहरुको मुख्य आहारा भनेको नै चामल हो । तर हामीलाई थाहा नहुन सक्छ चामलको फाइदाहरु आथवा चामलमा के के पाइन्छ भनेर ?

सेलेनियम

यो चामलमा पाइने एक खनिज हो, यसको सिधा सम्बन्ध हाम्रो प्रजनन क्षमतामा पर्छ । यसैले चामलको उपयोग गर्नाले प्रजनन क्षमताका लागि पनि लाभदायी हुन्छ ।

आइरन

चामलमा पाइने पोषकतत्वमा आइरन तत्व पनि हो । यसले शरीरलाई स्वस्थबद्र्धक बनाउन मद्धत गर्छ ।

आयुर्वेदमा चामलको स्थान

आयुर्वेदमा चामलको स्थान महत्वपूर्ण छ । आयुर्वेदमा चामललाई पेट ठन्डा राख्ने खाद्यपदार्थको रुपमा लिइन्छ ।

फाइबर

चामलमा पाइने फाइबरले हाम्रो शरीरका आवश्यकता पूरा गर्छ । फाइबरले पेटमा हुने विषाक्त पदार्थलाई नष्ट गर्छ, जसल क्यान्सरको सम्भावना कम हुन्छ ।

भिटामिन बी

चामलमा भिटामिन बी पनि पाइन्छ, जसले डिमेन्सिया र अल्जाइमर रोग रोक्न शरीरलाई मद्धत गर्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।urlabarinews बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.