सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लिंगालाई मुख्य पर्यटकीय गन्तव्य क्षेत्रको रुपमा विकास गरिने

महेन्द्रनगर, ८ मंसिर । कञ्चनपुरको बेदकोट नगरपालिकास्थित लिङ्गा क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ । वेदकोट नगरपालिकाले लिङ्गा क्षेत्रलाई नगरकै पर्यटन प्रवद्र्धनको प्रमुख केन्द्रका रुपमा विकास गर्न लागेको हो ।

जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य हुँदै गएको लिङ्गा क्षेत्रमा पछिल्लो अवस्थामा नगरपालिकाले सो क्षेत्रको पर्यटन प्रवद्र्धन लागि विशेष योजना बनाएको छ । वेदकोट नगरपालिकाका अनुसार धार्मिक तथा साँस्कृतिक रुपले प्रसिद्ध रहेको लिङ्गा (शिवलिङ्गेश्वर) क्षेत्रलाई पर्यटकीय गतिविधि बनाउन विभिन्न योजना अघि सारिएको जनाएको छ । नगरपालिकाका प्रमुख अशोककुमार चन्दका अनुसार लिङ्गा क्षेत्रमा आवतजावत गर्नका लागि केही पूर्वाधारका विकास भएसँगै थप विकासका पूर्वाधारहरु विकास गर्ने कार्य अघि बढेका छन् ।
‘लिङ्गा क्षेत्रको अवलोकन गर्नका लागि बिचबाटोमा पर्ने भम्का र बगुन जोड्ने पुल केही समयमै सम्पन्न गर्न लागिएको छ ।’ नगर प्रमुख चन्दले भने, ‘पुल निमार्णसँगै लिङ्गा क्षेत्र जोड्ने झण्डै ३ किलोमिटर सडक पिच भएको छ । बाँकी रहेको २ देखी साढे २ किलोमिटर सडक पिच गर्न केही दिनमै तयारी थालिने भएको छ ।’

धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको शिवलिङ्गेशवर (लिङ्गा) क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थल हो । लिङ्गा क्षेत्रको पछिल्लो समय प्रचारप्रसार भएसँगै कोरोना कारण भएको लकडाउन पछिको अवस्थामा पर्यटकको सङ्ख्यामा पनि सुधार हुँदै गएको उनले बताए ।
नगरपालिकाले लिङ्गा क्षेत्र जानका लागि तर्नुपर्ने सानो खोलामा सेल्फी प्वाइन्ट पनि बनाउने भएको छ । पर्यटन प्रवद्र्धनको निम्ती नगरपालिकाले सेल्फी पोइन्टसँगै सो खोलामा झोलुङ्गे पुल निर्माण गर्ने कार्यलाई पनि अगाडि बढाएको छ । यस्तै राति बसेर पूजाआजा गर्नेहरुका लागि पनि लिङ्गा क्षेत्रको परिपरि उज्यालोको लागि सोलार बत्ती जडान गरिएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

‘लिङ्गालाई प्रमुख पर्यटकीय गन्तव्य तथा पर्यटकीय हब बनाउनका लागि केही भवन निर्माण भएका छन्, केही हल निमार्ण हुने चरणमा छन् ।’ प्रमुख चन्दले भने–‘खोलाको पारितिरको भागमा पार्क निर्माण गरेर उक्त क्षेत्रको शोभा अझ बढाउनका लागि पार्क निर्माण गर्ने योजना पनि बनाइएको छ ।’ पर्यटकको प्रमुख हबको रुपमा विकास गर्न नगरपालिका विशेष योजनाको साथ लिङ्गा क्षेत्रको एैतिहासिक महत्व बढाउन अग्रसर भएको उनले बताए ।

यस्तै वर्षायाममा भूक्षयको सम्भावना बोकेको क्षेत्रहरुमा पनि नगरपालिकाले तटबन्ध निमार्ण गर्ने कार्य गरेको छ । पर्यटकको सम्भावना बोकेको क्षेत्र भएकोले पनि वातावरण अनुकुल नै पूर्वाधारको विकास गरिरहेको पनि नगरपालिकाले जनाएको छ ।
paschimtoday बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.