सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको झुलाघाट नाका आजदेखि ५ दिनसम्मका लागी खोलियो

 बैतडीको नेपाल भारत सीमानाका झुलाघाट नाका आजदेखि ५ दिनसम्मका लागी खोलिएको छ । कोरोना महामारीका कारण लामो समयमसम्म नाका बन्द हुदाँ बैतडीका भारतीय पेन्सनरहरुले पेन्सन बुझ्न पाएका छैनन । पेन्सनहरुको समस्यालाई मध्यनजर गर्दै सोमबारदेखि शुक्रबार सम्मका लागी नाका खोलिएको हो । नेपाल सरकारको मन्त्री परिषद, जिल्ला प्रशासन कार्यालय बैतडी र डिएमको कार्यालय पिथौरागढको समन्वयमा नाका खोलिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले बताउनुभएको छ । पेन्सनहरु बाहेक अन्यले सिमानाकाबाट आवतजावत गर्न नपाईने बताईएको छ । कोरोना भाईरसका कारण सीमा नाका झुलाघाट गएको चैतदेखि बन्द छ । यो भन्दा अगाडी गत श्रावनमा पनी नाका खोलिएको भए पनि सबैले पेन्सन बुझ्न पाएका थिएनन । बैतडीका करिब १२ सय भारतीय पेन्सनहरु रहेका छन  radiobaitadi बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.