Friday, December 4, 2020

कञ्चनपुर बेलौरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

- Advertisement -

कञ्चनपुर। कञ्चनपुर बेलौरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ६ स्थित हात्तीबोझामा आइतबार बेलुकी पचुईबाट बेलौरीतर्फ आउँदै गरेको अनटेष्ट मोटरसाइकल दुर्घटना हुँदा २० वर्षीय चालक हेमन्त चन्दको मृत्यु भएको छ ।

चन्दसंगै मोटरसाइकलमा सवार हात्तीबोझाकै उमेश विष्ट घाईते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी दिए ।

उनका अनुसार मृतक चन्दको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पताल ल्याइएकामा राति पौने ९ बजेतिरको समयमा मृत्यु भएको प्रवक्ता थापाले बताए । उनले मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताएका छन् । चालक बेलौरी नगरपालिका ८ पचुईका हुन् ।khabardarinews बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीमा कोरोना संक्रमितको सङख्या ५ सय ७० पुग्यो

मंसिर-१९/ शुक्रबार बैतडीका थप एक जनामा कोरोना पुष्टि भएको छ । डडेल्धुरा प्रयोगशालामा गरिएको परिक्षणमा जिल्लाका थप १ जनामा कोरोना पुष्टि भएको हो । शुक्रबार...

१० किलोचरेशसहित युवक पक्राउ

मंसिर- १९/बैतडीमा १० किलोचरेशसहित एकजना युवक पक्राउ परेका छन् । अवैध १० किलो चरेशसहिति बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ का ३० वर्षीय मानबहादुर...

प्रदेश सभा सदस्य खड्काद्वारा पुलको शिलान्यास टोटी नालामा

शुक्लाफाँटा नगरपालिकाको वडा १० मा पर्ने टोटीनाला सडकमा पुलको शिलान्यास गरिएको छ । बिहीबार एक औपचारिक कार्यक्रमकाबीच सुदुरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य लाल बहादुर खड्काले...

सातै प्रदेशमा लाइसेन्स परीक्षाको अनलाइन फाराम खुल्यो, मितिको टुंगो छैन

चैतदेखि रोकिएको सवारी चालक अनुमति पत्रको परीक्षा र अनलाइन फाराम दर्ता सम्बन्धी अन्ततः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केही दिनअघि मात्र सूचना जारी गर्यो...

विश्वभर ४ करोड ५३ लाख बढी कोरोना संक्रमित निको

विश्वभर ४ करोड ५३ लाख बढी कोरोना संक्रमित निको भएका छन् । अहिलेसम्म ६ करोड ५५ लाखभन्दा धेरैमा संक्रमण पुष्टि हुँदा निको हुनेको संख्या...

रोकिएको कोरिया जाने प्रक्रिया तत्काल शुरु हुँदै, रोस्टरको अवधि छ महिना...

काठमाडौ । कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ । त्यस्तै कोरियाली...

सन्दीप लामिछाने कोरोना संक्रमण मुक्त

काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने कोरोना संक्रमण मुक्त भएका छन्। शनिबार कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएका सन्दीपले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् संक्रमण मुक्त भएको जानकारी...

नेपालमा थप १३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जम्मा ९ हजार २...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया