सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भन्दा बलिउड सुपरस्टार तर पढाइ भने जिरो रहेका यी हुन् भारतीय कलाकारहरु।पक्कै पनि अचम्म पर्नु हुनेछ

फ्यानहरु माझ उनका मनपर्ने कलाकार आइडल रहने गरेका छन् । आफुलाई मनपर्ने कलाकारको बारेमा जान्ने उत्सुकता सबैमा हुने गर्दछ ।उनीहरुको रहनसहन, अध्ययन तथा निजि जीन्दगीको बारेमा फ्यानहरु जान्न चाहान्छन् । बलिउडकमा केहि यस्ता कलकार छन् जसले अभिनय करीयरका लागी अध्ययनलाई त्यागेका थिए । आज हामी फिल्मी करीयरका लागी पढाई छाड्न बलिउडकर्मीको चर्चा गर्नेछौ :

१. प्रियंका चोपडा:बलिउडदेखि हलिउडसम्म नाम कमाउन सफल अभिनेत्री प्रियंका चोपडाले केवल प्लस टु सम्मको अध्ययन सकाएकी छन् । मिस वल्र्डको ताज पहिरिएपछि उनले पढाई छाडेर लगातार मोडलिङ र फिल्मी क्षेत्रलाई नै प्राथमिकतामा राखिन ।

World Link Ads
Mahakali Polytechnic

२. करिष्मा कपूर:चर्चित बलिउड अभिनेत्री करिष्मा कपूरले केवल कक्षा ६ सम्मको मात्र अध्ययन गरेकि छन् । कक्षा ६ पछि उनी स्कुल गइनन् । सानै उमेरबाट अभिनयमा रुचि राखेकी करिष्माले फिल्मी करियर मात्र ध्यान दिइन् ।

३. आमिर खान:आमिर खानलाई बलिउडको मिस्टर परफेक्शनिस्ट मानिन्छ । तर उनी अध्ययनमा अब्बल रहेपनि पढाईका मामलामा भने निकै पछि छन् । आमिर खानले प्लस टुसम्मको अध्ययन गरेका छन् । उनले धेरै अन्तर्वार्तामा आफुले यसको पछुतो रहेको बताएका छन् ।

Sana Kishan

४. कटरिना कैफ:अभिनेत्री कटरिना कैफले केवल कक्षा १० सम्मको मात्र अध्ययन गरेकी छन् । कटरिनाले सानै उमेरमा मोडलिङ गरेका कारण उनले अध्ययनलाई बीचमै छाडेकी थिइन् ।

५. बिपासा बसु:अभिनेत्री बिपासा बसु सीए बन्न चाहान्थिइन् । तर अध्ययनका बीचमै उनले सुपर मोडल कन्टेस्टमा भाग लिइन् र जितिन् । तसर्थ उनको अध्ययन प्लस टुसम्ममा सीमित भयो ।

६. दीपिका पादुकोण:दीपिका पादुकोणले करियरको शुरुवात मोडलिङबाट गरेकी थिइन् । उनले मोडलिङमा जान ग्रेजुएसनमा लिएको एडमिसन समेत छाडेकी थिइन् । तसर्थ उनको अध्ययन पनि केवल प्लस टु सम्म सीमित भयो ।samacharlibrary.बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.