Friday, December 4, 2020

जति उपचार गर्दा पनि ग्यास्ट्रिकले छोडेको छैन?आन्द्रामा यस्ता घाउ हुन भन्दा अघाडी छोड्नुहोस यस्ता खानेकुरा,कसरी बच्ने?पुरा पढ्नुहोस

- Advertisement -

काठमाडौँ । “भनिन्छ हरेक नेपालीलाई ग्यास्ट्रिक छ ।” खानपान गर्ने तरिका नमिल्दा ग्यास्ट्रिकको समस्याले सताउने गर्छ । ग्यास्ट्रिक भनेको पेटको भित्री भाग सुन्निनु, ग्यास बढ्नु भन्ने हुन्छ । यस्तो समस्या भएमा पेट फुल्ने, हावा भरिएको अनुभूति हुने, खानेकुरा राम्ररी नपच्ने, लामो समय नखाँदा पेट पोल्ने, खान मन नलाग्ने, ढ्याउ आइरहनेलगायत समस्या हुन्छन् ।यसले पाचन प्रणालीमा पनि बाधा उत्पन्न गराउँछ । जसले गर्दा शरीरमा रगत, क्याल्सियमलगायत कमी हुन जान्छ । यसको समयमै उपचार नगरेमा पेटको अल्सर र क्यान्सर नै हुन सक्छ । त्यसैले ग्यास्ट्रिक भएका व्यक्तिले खानपानमा विशेष ध्यान दिनुपर्छ ।

यदि तपाइलाई पनि ग्यास्ट्रिकको समस्या छ भने भुलेर पनि यी खानेकुरा नखानुहोला:ग्यास्ट्राइटिस भएकाले एसिडिक खानेकुराको प्रयोग गर्नुहुँदैन । जसमा कागती, सुन्तला, निबुवा, भोगटे आदि फल पर्छन् । यस्तो समस्या भएकालाई टमाटरले पनि थप असर पु-याउँछ ।टमाटरमा पनि एसिडिक हुने भएकाले ग्यास्ट्राइटिसले दिने पीडालाई बढोत्तरी गर्छ । कसै–कसैले यसको थोरै प्रयोगले त्यति असर नगर्ने भए पनि खाँदैनखानु उत्तम हुन्छ ।

दूध र दूधजन्य पदार्थ पनि ग्यास्ट्रिकको समस्या भएकाले प्रयोग नगर्दा राम्रो हुन्छ । दूधमा हुने प्रोटिनले पेटको भित्री भाग सुन्निने हुन्छ । यसका साथै यसले पेटमा एसिडको मात्रा बढाउँछ । तर, दही भने फाइदाजनक हुन्छ । यसमा पाइने प्रोबायोटिकले भने रोगीलाई राहत प्रदान गर्छ । यद्यपि, दहीको प्रयोग गरेर त्यसले राम्रो गरे मात्र नियमित सेवन गर्नुपर्छ ।

नियमित रूपमा मदिरा सेवन गर्दा पनि ग्यास्ट्राइटिसको असर झन् बढेर जान्छ । तर, केही अध्ययनले भने दिनहुँ थोरै मात्रामा पिउँदा ग्यास्ट्राइटिस हुनबाट जोगाउने देखाएको छ ।ग्यास्ट्राइटिसबाट पीडित मानिस चिया र कफीबाट पनि बच्नुपर्छ । चियापत्ती र कफीमा हुने क्याफिनले ग्यास्ट्राइटिसको असरलाई बढाउने काम गर्छ । अझ दूधचिया खाँदा दूध र क्याफिन दुवैले ग्यास्ट्राइटिसलाई झन् बिगार्ने काम गर्छ । तर, ग्रिन–टीको सेवनले भने ग्यास्ट्राइटिसको सम्भावना ४० प्रतिशत कम गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।

ग्यास्ट्राइटिसको समस्यापछि मसलेदार खानेकुराले समस्यालाई झन् बल्झाउने काम गर्छ । यद्यपि, मसलेदार खानेकुरा आफैँले ग्यास्ट्राइटिस गराउन भने त्यति धेरै भूमिका खेल्दैन ।नेपालीले पछिल्लो समय प्रशोधित खानेकुराको अत्यधिक प्रयोग गरेको पाइन्छ । तर, यस्ता खानेकुराले ग्यास्ट्राइटिसको समस्या बढाउने गर्छ । त्यसैले सेतो पाउरोटी, पास्ता, चिनीयुक्त खाद्यपदार्थ (चिसो पेय पदार्थ, इनर्जी ड्रिंक्स), प्रशोधित वनस्पति तेल, तेलमा तारिएका खानेकुरा, प्रशोधित मासु (ससेज, ह्याम), ट्रान्स फ्याटलगायत खानेकुरा प्रयोग गर्नुहुँदैन ।samacharlibrary.बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बट्टाईको अण्डा खाँदा हुने फाईदाहरु

अण्डालाई पौष्टिक खाद्य पदार्थ मानिन्छ । धेरैजसो पन्छीको अण्डा खाइने भए पनि संसारभर धेरैले खाने अण्डाचाहिँ कुखुराकै हो । यसबाहेक हाँस, बट्टाई, अष्ट्रिच आदिका...

खाना कम खाँ’दा मो’टोपन घ’ट्छ भन्नु भ्र’म हो। यस्ता छन् अरु...

        तौ’ल कसरी घ’टाउने भन्ने कुरा अहिले धेरैको निम्ती टा’उको दु’खाईको बिषय बन्दै गएको छ । अस्तव्य’स्त जीवनशैली, अ’नियन्त्रित खा’नपान र...

डण्डीफोरले हैरान हुनुहन्छ ? पुदिनाले पुग्छ फाइदा

  पुदिना स्वास्थ्यका हिसावले बहुउपयोगी वनस्पती हो । अचारको रुपमा खाँदा समेत निकै स्वादिलो हुने पुदिनाका धेरै औषधीय गुणहरु रहेका छन् । पुदिनाको मुनामा प्रचुर मात्रामा...

उठ्ने बित्तिकै पानी पिउँदा हुने ५ फाइदा थाहा पाउनुहोस्

बिहान उठेपछिको तपाईंको दैनिकी के के हुन्छ ? सम्झनुहोस् तपाईंले आफ्नो स्वास्थ्यका लागि पनि केही गर्नुहुन्छ ? अरु धेरै पर्दैन नियमित खाली पेटमा एक...

चिसो मौसममा हरेक सम’स्याको औ’षधिः अलैँच

धेरैजसो व्यक्तिहरु चिसो सुरु भएसँगै विभिन्न समस्याबाट पीडित हुने गर्छन् । सास फेर्न समस्या हुने, रुघाखोकी लाग्ने, कफ आउने, छातीमा समस्या हुने जस्ता समस्याबाट...

इतिहासमै पहिलो पटक ओली सरकारले आज ३९६ पालिकामा एकैसाथ अस्पताल शिलान्यास...

काठमाडौँ, १५ मंसिर । आज ३९६ पालिकामा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास हुँदैछ । पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले...

के तपाईंलाई थाहा छ कति हा’इट भएको मानिसको तौ’ल कति हुनु...

मानिसको तौ’ल कति हुनुपर्छ ? यसको जवाफ उक्त व्यक्तिको उ’चाई र शा’रीरिक ब’नौटलाई आधार मानेर दिन सकिन्छ । तौ’ल बढी हुनु वा घ’टी हुनु...

बेदकोटमा १५ शैयाको अस्पताल भवन शिलान्यास (फोटो फिचर )

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकामा १५ शैयाको अस्पताल भवन निर्माण गरिने भएको छ ।       ...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया