सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर जिल्ला हाई अलर्टमा, वडा वडामा सुरक्षाकर्मी परिचालन

झलारी । सुरक्षा निकायले कञ्चनपुर जिल्लालाई हाई अलर्टमा राखेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा समूहका गतिविधिलाई लक्षित गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले जिल्लामा सुरक्षा सतर्कता अपनाएका हुन् । विप्लव समूहले मंसिर ६, ७, ८ गते देशभर पार्टी पुनगर्ठन दिवस मनाउने घोषणा गरेपछि सरकारले देशैभरी सुरक्षा निकायलाई अलर्ट गराएको हो। कञ्चनपुरमा पनि सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी अमर बहादुर थापाले जानकारी दिए।

Sana Kishan

विप्लव समूहले माग मसान्तसम्म पुनगर्ठन गरिसक्ने र फागुनमा देशव्यापी रुपमा सशस्त्र विद्रोहका कार्यक्रम गर्न रणनीति बनाएको छ । कञ्चनपुरमा नेपाल प्रहरीले प्रत्येक वडामा जनशक्ति परिचालन गरेको छ। अहिले वडा वडामा प्रहरी खटिएका छन्। डीएसपी थापाले प्रहरी निरीक्षकको कमाण्डमा लङ्ग रुट पट्रोलिङ सञ्चालन गरिएको बताए। ‘१३ जनाको समूहमा ५ वटा टोली खटिएको छ। सम्वेदनशील वडामा ३ जना अरुमा दुई जनाका दरले ३ सय भन्दा बढी जनशक्ति परिचालन भएको छ,’ उनले भने।

World Link Ads
Mahakali Polytechnic

त्यसैगरी सुरक्षा सतर्कताका लागि सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ। ३५ नम्बर गणका गणपति एसपी वीरेन्द्र बहादुर ऐरले इन्सपेक्टर र सईको नेतृत्वमा ३५ वटा टोली परिचालन गरिएको बताए। एक टोलीमा कम्तीमा १० जना सुरक्षाकर्मी छन् । त्यसैगरी सुरक्षा प्रबन्धका लागि सेनालाई पनि सक्रिय गराइएको छ। स्थानीयले चुरेमा सेना परिचालन भएको देखेको बताएका छन्। सुरक्षा स्रोतले चेक प्वाइन्ट थप्ने तथा कडाई गर्न भनिएको जानकारी दिएको छ। ‘सेनालाई पट्रोलिङ पनि गर्न भनिएको छ,’ स्रोतले भन्यो।khabardarinew बाट सभाार

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.