Friday, December 4, 2020

जाडो महिना : बालबालिकाको हेरचाह कसरी गर्ने

- Advertisement -

चिसो ह्वात्तै बढेको छ । देशभरको मौसममा आएको अदलबदलका कारण धेरैलाई मौसमी रुघाखोकीले सताएको छ । कोरोनाको त्रासकाबीच मौसमी फ्लू भएका मानिसहरु पनि निकै आत्तिएका छन् । कोरोनाको कहरमा जाडोमा अझ भयावह हुनसक्ने भनदै विज्ञले चेतावनी दिईरहेका कारण धेरै अभिभावकलाई बच्चाहरुको हेरचाह कसरी गर्ने, यो जाडो कसरी कटाउने भन्ने चिन्ता पनि सुरु भएको छ । किनकी जाडो मौसम यसैपनि बालबालिकाको लागि सबैभन्दा संवेदनशील समय हो ।

यो मौसममा बच्चाहरूमा रुघाखोकी लाग्ने, श्वासप्रश्वासको समस्या, निमोनिया, टन्सील, छाला फुट्ने जस्ता समस्याले सताउन सक्छ । त्यसकारण यस्ता समस्याबाट बचाउन चिकित्सकसँग कुराकानी गरी लोकपथले केहि टिप्स यहाँ प्रस्तुत गरेको छ ।

-जाडोको समयमा बाक्लो र धेरै लुगा लगाइदिनु हुँदैन । बाक्लो लुगा लगाउँदा शरीरबाट पसिना आउँछ र शरीरमा नै सुक्छ । यसकारण बच्चालाई रुघा लाग्ने, चिसो हुने र निमोनियासमेत हुने हुनाले अभिभावकले यो कुरामा विचार पुर्याउनु पर्छ ।

-विहान र वेलुका अन्य समयमा भन्दा बढी चिसो हावा चल्ने भएकोले बालबालिकालाई घर बाहिर, चौरमा, चौतरामा, खेल्न वा हिँडडुलमा निस्कन नदिने।

-घाममा राख्दा समय समयमा पानी खुवाउने । तर जाडो महिनाभरी राम्ररी उमालेको मनतातो पानी प्रयोग गर्नुहोस् । साना बालबाबालिकालाई बिहानीपखको घाममा सुताउँदा उनीहरूलाई भिटामिन डी प्राप्त हुन्छ ।

– साँझ बिहान खेलेर आएपछि उनीहरुको कपडा परिवर्तन गरिदिनुहोस् र हलुका मोस्चराईज गरिदिनुहोस् ।

-न्यानो कपडा लगाईदिने । तर बाक्लो कपडा प्रयोग नगरिदिनुहोस् ।

-मौसमी फलफुल खुवाउनुहोस् तर अत्याधिक चिसो हुने फलफूल नखुवाउनुहोस् । चिसो समयमा फलफूललाई तातो पानीले धोएर वा तातो पानीमा डुबाएर खुवाउन सकिन्छ ।

 

-हिटर बालेर लामो समयसम्म बच्चालाई सेकाउनु हुँदैन । सहज रुपमा हावा आवतजावत गर्ने कोठामा बस्ने, सुत्ने, खेल्ने वातावरण मिलाउनुहोस् ।

– झोलिलो खानेकुरा खुवाउनुहोस्

-नवजात शिशुको कपडा समय समयमा फेर्ने, डाईपर लामो समयसम्म एउटै प्रयोग गर्नुहुँदैन ।

-कहिलेकाहिँ रुघाखोकीले गर्दा बालबालिकाको नाक टालिने गर्छ । तर भिक्स, सन्चो वा अन्य चिज नलगाउनहोस् बरु नरम कपडा या कपासले सफा गरिदिनुहोस् ।

-बजारमा किनेको दूधमा अन्य अखाद्य कुरा पनि मिसिएको हुनसक्छ । अभिभावकले यो कुरा मनन गरी राम्ररी तताएर केहि बेर पाक्न दिएर मात्रै दुध आफ्ना बालबालिकालाई पिलाउनुहोस् ।
याद गर्नुहोस् नवजात शिशु राख्ने कोठालाई २५ देखि २८ डिग्री तापक्रममा राख्नु पर्दछ ।

-महिनाभन्दा माथिका बच्चालाई आमाको दूधका साथै तातो झोल पदार्थ खुवाउनुपर्छ ।

-जाडोको समयमा बालबालिकाको सरसफाइमा पनि विशेष ध्यान दिनुपर्छ । ३ देखि ४ दिनको बिचमा मनतातो पानीले घाम लागेको ठाउँमा नुहाएर तौलियाले पुछेर न्यानो कपडा लगाईदिनुहोस् ।

यसका अलावा बालबालिकालाई स्वस्थ राखि आमाले पनि सरसफाइमा विशेष ध्यान दिनुपर्छ।khabardarinew बाट सभाार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कस्ता मानिसलाई ह’र्टअट्याक हुने ख’तरा हुन्छ ? जन्नुहोस

अहिले धेरैलाई उच्च र’क्तचाप छ, मो’टोपन छ, का’लेस्ट्रोलको सम’स्या छ । यी सम’स्याहरुले हृद’यघा’तको जो’खिम बढाएको छ । त्यसैपनि जाडो मौसम मु’टु रो’गीका लागि...

ग्या’स्ट्रिक पि’डितलाई दु’ध चिया भनेको बि’ष खाए सरह हो। जानौँ

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पा’केको ता’त्तातो चिया पिएपछि ज्या’न तंग्रि’एको महसुष गर्छन् । त्यसो त पाहुनालाई स्वागत गर्न...

बट्टाईको अण्डा खाँदा हुने फाईदाहरु

अण्डालाई पौष्टिक खाद्य पदार्थ मानिन्छ । धेरैजसो पन्छीको अण्डा खाइने भए पनि संसारभर धेरैले खाने अण्डाचाहिँ कुखुराकै हो । यसबाहेक हाँस, बट्टाई, अष्ट्रिच आदिका...

खाना कम खाँ’दा मो’टोपन घ’ट्छ भन्नु भ्र’म हो। यस्ता छन् अरु...

        तौ’ल कसरी घ’टाउने भन्ने कुरा अहिले धेरैको निम्ती टा’उको दु’खाईको बिषय बन्दै गएको छ । अस्तव्य’स्त जीवनशैली, अ’नियन्त्रित खा’नपान र...

डण्डीफोरले हैरान हुनुहन्छ ? पुदिनाले पुग्छ फाइदा

  पुदिना स्वास्थ्यका हिसावले बहुउपयोगी वनस्पती हो । अचारको रुपमा खाँदा समेत निकै स्वादिलो हुने पुदिनाका धेरै औषधीय गुणहरु रहेका छन् । पुदिनाको मुनामा प्रचुर मात्रामा...

उठ्ने बित्तिकै पानी पिउँदा हुने ५ फाइदा थाहा पाउनुहोस्

बिहान उठेपछिको तपाईंको दैनिकी के के हुन्छ ? सम्झनुहोस् तपाईंले आफ्नो स्वास्थ्यका लागि पनि केही गर्नुहुन्छ ? अरु धेरै पर्दैन नियमित खाली पेटमा एक...

चिसो मौसममा हरेक सम’स्याको औ’षधिः अलैँच

धेरैजसो व्यक्तिहरु चिसो सुरु भएसँगै विभिन्न समस्याबाट पीडित हुने गर्छन् । सास फेर्न समस्या हुने, रुघाखोकी लाग्ने, कफ आउने, छातीमा समस्या हुने जस्ता समस्याबाट...

इतिहासमै पहिलो पटक ओली सरकारले आज ३९६ पालिकामा एकैसाथ अस्पताल शिलान्यास...

काठमाडौँ, १५ मंसिर । आज ३९६ पालिकामा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास हुँदैछ । पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया